असोज १०,
रामेछाप । रामेछाप सहयोगी मन (रासम) ले बजार सरसफाइ अभियान सुरु गरेको छ । जिल्लामा विभिन्न सामाजिक सेवामा समर्पित सो युवाहरुको सामूहिक अभियानले आज शनिबारदेखि जिल्ला सदरमुकाम समेत रहेको मन्थली बजार सरसफाइ एकसाता सम्म अभियानकै रुपममा सुरु गरेको रासम परिवारले जनाकारी दिएको छ ।
कोरोना भाइरस संक्रमण पछि फूड बैंक, बिटार पार्क निर्माण, भोकहरुको पेटभराउना घरदैलो अभियान चलाउदै आएको सो यूवाहरुको समूहले शनिबारदेखि बजार सरसफाइलाई अभियानको रुपमा सुरु गरेको हो ।
रासमका अनुसार आज बिहान ७ बजे देखि ९ बजेसम्म मन्थली बजार सरसफाइ अभियान सुरुगरे हो । यो अभियान एकसाता सम्म अभियान चल्ने छ ।
फेसबुक प्रतिक्रियाहरु