शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रासमले संचालन् गरेको फूड बैंकलाई रामेछाप उद्योग वाणिज्य संघद्वरा खाद्यन्न सहयोग
रामेछाप बिशेष

रासमले संचालन् गरेको फूड बैंकलाई रामेछाप उद्योग वाणिज्य संघद्वरा खाद्यन्न सहयोग

भदौ २९,
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले रामेछाप सहयोगी मन ९रासम० परिवारलाई खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरस संक्रमणले समस्यामा परेका नागरिकहरुको छाक टार्ने अभियानमा सहमति जनाउदै संघले स्वस्फूर्त रूपमा २ सय ५० केजी आवश्यकता अनुसारको खाद्यान्न उपलब्ध गराउने भएको हो ।

रासमले हालको कोरोना भाइरस संक्रमणले पारेको असरका कारण रोजगारी गुमाएका, असाहय, पीडितहरुलाई फुड बैंक संचालन गरि छाक टार्ने अभियान संचालन गरेको छ । सोही कामलाई समर्थन गर्दै संघले सोमबार (आज)  कार्यलयमा पत्रकार सम्मेलन गरि खाद्यान्न सहयोग गर्ने संघका अध्यक्ष केशव प्रसाद घिमिरेले बताए ।

साथै संघले कोरोना भाइरस संक्रमण पश्चात् जिल्लामा गरेका काम पनि सार्वजनिक गरेको छ । अध्यक्ष घिमिरेका अनुसार कोरोना भाइरस संक्रमण सुरु भएयता संघले समस्यामा परेका नागरिकहरुको उद्दार, राहात, खाजा व्यवस्थापन, जिल्लमा रोजगारीमा आयर समस्यामा परेकाहरुको सुरक्षित स्थान्तरण, जिल्लामा प्रवेश गर्ने मुख्य नाका सेलेघाटमा खाजाको व्यवस्थापन, उद्दार, जिल्ला प्रशासनसंग समन्वय, बजार अनुगमन, व्यापारीहरुको तर्फबाट पसल संचालन गर्न प्रशासनसंग मागलगाएतका काम गरेको छ । फाइल फोटो

फेसबुक प्रतिक्रियाहरु