शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • लकडाउनमा रासमको काम : पार्क निर्माणदेखि, फुड बैंकसम्म सबै सार्वजनिक
रामेछाप बिशेष

लकडाउनमा रासमको काम : पार्क निर्माणदेखि, फुड बैंकसम्म सबै सार्वजनिक

भदौ २८

रामेछाप । रामेछाप सहयोगि मन (रासम)ले आइतबार सदरमुकाम मन्थलीमा उसले विगतदेखि गर्दै आएका गतिविधिका बारेमा नागरिकहरुलाई औपचारिक रुपमाजानकारी गराएको छ । उसले गएको चैत्र महिनामा नेपाल सरकारले पहिलो पटक देशैभरि लकडाउन जारी गरेदेखि जिल्लाका केही युवाहरुको समूहले सामूहिक  रुपमापार्क निर्माण, बजार र पुल सरसफाई, अलपत्र मानिसहरुको उद्धार, व्यवस्थापन, संरक्षण, ऐम्बुलेन्स ब्यवस्थापन, फुट बैंक स्थापना, घर घरमै राहात, पुर्याउने कामगरि कोरोना भाइरस संक्रमणले चुलो बाल्न कठिनाइ भएकाहरुलाई सहयोग गर्दै आएको थियो ।

नागरिक स्तरबाट कुनै पनि आग्रह पूर्वाग्रह नराखि विशुद्ध मानावहितका लागि सेवागर्दै आएको सो समूहले जिल्लामा थुप्रै उदाहरणीय काम गरेर नागरिकहरुको मन मुटुमा बस्न सफल भैसकेको अवस्थामा केही तत्वहरुले आफ्नो फाइदाको लागिका गरेको भनेर प्रश्न उठाएउने आशंकामा रासमले आफूहरुले कुनै पनि आग्रह पूर्वाग्रहमा नपरी सेवा गरेको पत्रकार सम्मेलन गरि स्पष्ट पारेको छ ।

हालसम्ममा रासमले निष्पक्ष तरिकाले विभिन्न दाताहरुबाट स्रोत जुटाएर सहयोग गर्दै आएको उसले उल्लेख गरेको छ । त्यस्तै सहयोगीमनले हालको समय सम्म आइपुग्दा बाहिरी देशमा रहेका नेपालीहरुले आफूहरुको कामलाई साथ दिनथालेको बताएका छन् ।

सहयोगी मन कुनै समिति बिनाआज सम्मचल्दै आएको र आगामी दिनमा पनि निरन्तर रुपमाचल्ने समूहका एक अभियान्ता जय मान्नधरले बताए ।

त्यस्तै रासमले हाल जिल्ला प्रशासन, नगरपालिका, जिल्लास्थित सरकारी तथा गैरसरकारी संघसंस्थामा आवद्ध मानिसहरुको साथपाएको अर्का अभियान्ता अप्रिल अधिकारीले बताए ।

रासमको काम नागरिक स्तरबाट सम्बन्धित निकायलाई झक्झक्याउने उत्कृष्ट माध्यम भएकाले यसलाई सबैको साथ रहेको पत्रकार बद्री नयाँघरे, हिमाल ढुङ्गेल, नबराजपथिक, सौजन्य सत्याल, दिपक घिमिरे, ज्ञानु श्रेष्ठ, मिलन घिमिरेले प्रतिबद्ध जनाए ।

रासम

रासम द्वारा निर्मित विटार पार्कमा राष्टिय झण्डा

Posted by रामेछापका सहयाेगी मनहरू on Friday, August 21, 2020

 

फेसबुक प्रतिक्रियाहरु