बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • जिल्ला संकट ब्यवस्थापन केन्द्रका पदाधिकारीहरु उमाकुण्डमा
रामेछाप बिशेष

जिल्ला संकट ब्यवस्थापन केन्द्रका पदाधिकारीहरु उमाकुण्डमा

भदौ २९,

रामेछाप (उमाकण्ड) । जिल्ला संकट ब्यवस्थापन केन्द्र रामेछाप का पदाधिकारीहरु शनिबार उमाकुण्ड गाउपालिका पुगेका छन् । प्रमुख जिल्ला अधिकारी एबं जिल्ला संकट ब्यवस्थापन केन्द्र की संयोजक रुद्रादेवी शर्माको नेतृत्वमा  पालिकामा पुगेको टोलीले शनिबार गाउपालिका मा रहेको क्वारेन्टाइन कक्षको अनुगमन गर्नुका साथै  पालिकाको सेवा प्रवाहको अबस्थाका बारेमा अन्तरकृयात्मक कार्यक्रम पनि सम्पन्न गरेको छ ।

गाउपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारको अध्यक्षतामा सम्पन्न अन्तरकृया कार्यक्रममा बोल्ने वडा अध्यक्षहरुले गाउमा २० बर्षनै नपुगि  र बहु  बिबाह गरी बच्चा जन्माउने चलन बढेकाले बिबाह र जन्म  दर्ता जस्ता कामहरुमा कानुनी जटिलता आएको र पालिका मा सञ्चालन भैरहेको हाइड्रो पावरले स्थानीयको मागलाई बेवास्था गर्दै जवरजस्ती काम गरेको गुनासो गरेका थिए ।

सो अबसरमा पालिकाकी उपाध्यक्ष उर्मिला बस्नेत, नेकपाका नेता आनन्द श्रेष्ठ र नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष कुमार श्रेष्ठ लगाएतले आ–आफ्नो मन्तब्य राखेका थिए ।

कार्यक्रमका अबसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी शर्माले  बढ्दो कोभिड–१९ को महामारी र बिपद् ब्यवस्थाका लागि पालिकाले गरेको पहल र दैनिक रुपमा प्रवाह गरेको सार्बजनिक सेवा को गुणस्तर बृद्धि गर्न आफुले गर्नुपर्ने कामका बारेमा जानकारी तथा सुझाब लिनका लागि आफु पालिकामा आएको बताउनु भयो ।

सो अबसरमा बोल्दै गाउ पालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले हाल सम्म आफ्नो पालिका कोरोना भाइस सक्रमण मुक्त पालिका रहेको र कोभिड–१९ कालागि आफ्नो पालिकाले तयार गरेको क्वारेन्टिन कक्ष एबं बिपद्का लागि गरिएको पूर्ब तयारीका बारेमा जानकारी गराउनु भएको थियो ।

उहाले पालिकाको वडा नं १ गुम्देलमा प्रहरी चौकी स्थापना गर्र्न,इलाका प्रशासन कार्यालयमा तत्काल कर्मचारी पठाई सेवा सूचारु गर्न र  पालिकामा टेलिफोन तथा इन्टरनेट बिस्तारका लागि पहल गरिदिन प्रमुख जिल्ला अधिकारी लाई आग्रह गर्नुभएको थियो ।

 

 

फेसबुक प्रतिक्रियाहरु