आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बालबालिकाको भविष्य सुनिश्चित गर्न राष्ट्रपतिको आग्रह
समाचार

बालबालिकाको भविष्य सुनिश्चित गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति

भदौ २९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न सरोकारवाला सबैलाई आग्रह गरेकी छन् । बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने राष्ट्रपति भण्डारीको आग्रह छ ।

राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा आज एक सन्देश दिँदै राष्ट्रपति भण्डारीले बालअधिकार सुनिश्चित गर्न राष्ट्रिय कानून तथा विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता तथा प्रतिबद्धतामा रहेका प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु राज्यको अहम् दायित्व भएको उल्लेख गरेकी छन् ।

यस वर्षको राष्ट्रिय बाल दिवस ‘विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ सोमबार (आज) मनाइँदै छ ।

फेसबुक प्रतिक्रियाहरु