शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • बाढीपीडितहरुलाई गोकुलगंगा गाउँपालिकाद्वरा राहात वितरण
रामेछाप बिशेष

बाढीपीडितहरुलाई गोकुलगंगा गाउँपालिकाद्वरा राहात वितरण

भदौ २९ ,

रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरे, गर्जाङस्थित बाढीपहिरो प्रभावित परिवारले रहात पाएका छन् । आइतबार पालिका प्रमुख खड्क सुनुवारको नेत्तृवमा पुगेको टोलिले राहात सामाग्री हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत ओम प्रसाद सुवेदीले जानकारी दिए ।

गत भदौ २६ गते अबिरल वर्षासंगै आएको बाढीका कारण सोही ठाउँका ६ घर भाषिदा स्थानीहरु समस्यामा परेका थिए । उनीहरुको घर भाषिएकाले तत्काल उद्धार गरि सुरक्षित ठाउँमा सारिएको सुवेदीले बताए ।

उनीहरुलाई पहिलो चरणको राहात स्वरुप प्रत्येक परिवारलाई १ बोरा चामल, ५ केजी दाल, चिनी १ केजी, नुन १ प्याकेट्, साबुन ४ वटा, कम्बल १ थान, त्रिपाए २-२ वटा र खानेतेल १ लिटर दिएको उनले जानकारी दिए ।

स्थानीय छत्र बहादुर बस्नेत, दिलमायाँ बस्नेत, मोहन बहादुर बस्नेत, दिनेश बस्नेत, राज बहादुर बस्नेत र डम्बरबहादुर बस्नेतको परिवारलाई खाद्यन्न सहयोग गरिएको हो ।

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु