बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जेसिजद्वरा १३५ घरपरिवारलाई खाद्ययन्न सहयोग
रामेछाप बिशेष

जेसिजद्वरा १३५ घरपरिवारलाई खाद्ययन्न सहयोग

भदौ २८,

रामेछाप । रामेछाप जेसिजले आइतबार खाद्ययन्न सहयोग गरेको छ । जिल्लाको मन्थली नगरपालिका वडा नं ४ का १ सय ३५ घरघुरीलाई २५ केजीका दरले कोरोना भाइरस संक्रमणका कारण समस्यामा परेकाविपन्न, असाहयहरुलाई खाद्ययन्न सहयोग गरेको जेसिजकाजिल्लाउपाअध्यक्षविमलपौडेलले जानकारी दिए ।

उनकाअनुसार कोरोना भाइरस संक्रमणले गर्दा समस्यमा परेको उनीहरुलाई सरकारले जारी गरेको भौतिक दूरी पालना गरी वडाको सालु बजारमा सोही वडाको समन्वयमा खाद्ययन्न वितरण गरिएको हो । कोरोना भाइरस संक्रमण भएदेखि विभिन्न सामाजिक कार्य गर्दै आएको जेसिज जिल्ला शाखा रामेछापले विभिन्न समयमा राहातवितरण, रक्तदान कार्याक्रम, युवाहरुलाई शु-सुचित गराउने तालिमहरु गर्दै आएको छ ।

जेसिजले सप्तहा २०२० को अवसरमा “हुनेले दिएर जौँ नहुनेले लिएर जाँउँ” भन्ने अभियानका साथ असाहय, विपन्न, वर्गका मानिसहरुलाई आइतबार खाद्ययन्न सहयोग गरेको हो ।

गतबिहिबार सदरमुकाममन्थलीस्थित नेपाल रेड्क्रसको सहयोगमा रक्तदान र शुक्रबार मन्थलीनगरपालिका २ कठजोरमातीन समूहका कृषकहरुलाई कृषिबिउबिजन हस्तान्तरण गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु