शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रामेछापका स्थानीय तहको विद्यालय खोल्ने आ-आफ्नै ब्याथाः कतै खुले, कतै बन्दै रहने
रामेछाप बिशेष

रामेछापका स्थानीय तहको विद्यालय खोल्ने आ-आफ्नै ब्याथाः कतै खुले, कतै बन्दै रहने

असोज ०५

रामेछाप । रामेछापको मन्थली नगरपालिका भित्रका विद्यालयहरु जारी बन्दा बन्दीहरु केही खुकुलो भएसंगै चलायमान हुन थालेका छन् । सोमबारदेखि मन्थली नगरपालिका भित्रका विद्यालयहरुको कोरोना भाइरस संक्रमण कम भएका वडाहरुमा, वडाको निर्णय अनुसार चलायमान बनाउने तयारी भएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडौलले जानकारी दिए ।

उनका अनुसार आज सम्बन्धित वडा अध्यक्षहरुले अभिभावक सहितको भेला डाकेर विद्यालयलाई चलायमान बनाउने विषयमा छलफल गर्ने तयारी गरेका छन् । यस अघि नगरप्रमुख रमेश कुमार बस्नेतले आज (सोमबार) देखि विद्यालय खोलिने बताएका थिए । यता डिसिसिमसीले भने विद्यालय खुलाउनको लागि अनुमती दिएको छैन् । जिल्ला प्रशासनले जिल्लामा कोरोना भाइरस संक्रमण बढ्दोक्रम्मा रहेको भन्दै तत्काल विद्यालय संचालन नगर्न भनेको छ । तर लामो समय विद्यालय बन्द हुदा बालबालिकामा मानसिक तथा भौतिक रुपमा पढाइ प्रतिको मोह हट्ने भन्दै पछिल्लो समय विद्यालय खोल्नु पर्ने अभिभावकले नै जोड्दिदै आएका छन् ।

गत चैत्रदेखि विद्यालय पूर्णरुपमा बन्दअवस्थामा रहेका छन् । जसको कारण त्यसको असर विद्यार्थीमा परेको छ । सरकारले जारी गरेको लामो समयको लकडाउनपछि आन्तरीक हवाइ सेवा र सार्वजनिक तथा निजी यातायात भने संचालन गरिसकेको छ । विद्यालय भने खुलेका छैनन् । कतीपए विद्यालयहरु अहिले पनि क्वारेन्टिनको रुपमा प्रयोग हुदै आएका छन् । स-साना बालबालिकाहरु विद्यालयमै मानिसहरु राखेकाले विद्यालय जान नमानेको अभिभावकहरु बताउछन् ।

त्यस्तै जिल्लाको गोकुलगंगा गाउँपालिकामा भने तत्काल विद्यालय खोल्ने तयारी नभएको गाउँपालिका प्रमुख खड्क बहादुर सुनुवारले बताए । उनकाअनुसार कोरोनाको जोखिम त्यहाँ झनबढ्दै गएकाले आफूहरु तत्काल विद्यालय खुलाउने पक्षमा नरहेको बताए । २ हजार भन्दा बढी विद्यार्थी रहेको सो पालिकामा बैकल्पीक माध्यमबाटै पठनपाठनलाई अघि बढाउनुको विकल्प नरहेको प्रमुख सुनुवारले बताए ।

 

त्यस्तै दोरम्बा गाउँपालिकामा भने गएको असोज १ गतेदेखि नै पालिकाभित्रका विद्यालयहरुमा पठनपाठन आन्तरिक रुपमा सुचारु गरेको प्रलिका प्रमुख कमान सिंह मोक्तानले बताए । उनका अनुसार हालसम्मा पालिकाका स्थानीयमा संक्रमण नदेखिएकाले आफ्नो पालिका संक्रमण मुक्त भएकाले पहिलेदेखिनै पठनपाठन सुरु गर्ने तयारी अनुसार आफूहरुले विद्यालयहरुलाई चलयमान बनाएको प्रमुख मोक्तानले बताए ।

 

यस्तै खाँडादेवी गाउँपालिकामा पनि पठनपाठन आन्तरिक रुपमा सुरु भैसकेको गाउँपालिका प्रमुख प्रमबहादुर तामाङले बताए । उनका अनुसार आइतबारदेखि पालिकाका प्रथामिक तथा आधारभूत विद्यालयहरुमा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका  मापदण्ड पालना गरेर पठनपाठन सुरु भएको छ । र त्यसलाई थप प्रभावकारी बनाउदै लैजाने प्रमुख सुनुवारले बताए ।

फेसबुक प्रतिक्रियाहरु