शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यसमिति रामेछापद्वरा जिल्लाका अस्पताल, ट्राफिक र जिल्ला प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
रामेछाप बिशेष

राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यसमिति रामेछापद्वरा जिल्लाका अस्पताल, ट्राफिक र जिल्ला प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

असोज ०१,

रामेछाप । राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यसमिति रामेछापले जिल्ला प्रहरी कार्यालय रामेछाप, जिल्ला ट्राफिक प्रहरी रामेछाप, जिल्ला अस्पताल रामेछापलाई स्वास्थ्य सामाग्री विरतण गरेको छ । बिहिबार संघका जिल्ला अध्यक्ष लेख बहादुर बिकको अध्यक्षतामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । संघले सहयोग नेपालको प्रविधिक सहयोगमा एननाईन्टिफाईब मास्क, स्यानिटाईजर, स्ट्यान्ट, र जिल्लाका विभिन्ना अस्पतालको तथा होम आइसोलेसनमा बसेकाहरुलाई शिघ्रस्वास्थ्य लाभको कामनाको शुभकामना पत्र उपलब्ध गरेको छ।

संघले आफ्नो स्थापना कालदेखि नै विभिन्न कामहरु गर्दै आएको छ । संघले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि फिल्डमा खटिएर काम गर्दै आएका र संक्रमितहरु वा भाइरस नियन्त्रणमा अग्रपंतिमा खटिनेहरुको कामलाई सम्मानका साथ काम प्रति प्रेरणा होस् भन्ने उदेश्यले सामाग्री वितरण गरिएको हो ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यसमिति रामेछापले सरकारले जारी गरेको कोरोना भाइरस नियन्त्रण सम्बन्धी मापदण्ड पालना गरेर जिल्ला प्रहरी कार्यलयमै पुगेर स्वास्थ्य सामाग्री प्रहरी प्रमुख वसन्त पाठकलाई हस्तान्तरण गरेको हो । सोही सामाग्री बुझ्दै प्रहरी प्रमुख पाठकले स्वास्थ्य सामाग्री सहयोग उपलब्ध गरेकोमा धन्वाद ब्यक्त गरे । उनले कोरोना नियन्त्रणमा आफूहरु निरणतर लागेको बताउदै यस्ता सहयोग र सद्भभावले काममा जोस् र हौसला मिल्ने बताए ।

त्यस्तै जिल्ला ट्रफिक प्रहरी प्रमुख रामेश्वार पाण्डेलाई संघको टोलीले मन्थली ट्राफिक चोकमै पुगेर सामाग्री सहयोग गरेको छ । सोही सामाग्री बुझ्दै उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा आभार प्रकट गरे । उनले साना साना सहयोगले फिल्डमा खटिनेहरुको मनोबल उच्च भएको बताए ।

त्यस्तै प्राथमिक स्वास्थ्य चौकी मन्थलीमा पनि संघले एननाईन्टिफाईब मास्क, स्यानिटाइजर, शुभकामना पत्र सोही  अस्पतालका डा राजेश जर्गा मगरलाई हस्तान्तरण गरिएको छ । उनले सहयोगले काममा थप हौसला मिलेको बताउदै बिरामीहरुको पनि मनोबल उच्च बनाउन शुभकामना पत्रले उर्जा दिएको बताए ।

त्यस्तै जिल्ला अस्पताल रामेछापमा स्वास्थ्य सामाग्री  स्वास्थ्य प्रमुख विधा खनालले महामारीमा सहयोगी हातहरु अघि बढाएकोमा संस्थालाई धन्वाद व्यक्ता गरिन् । आफूहरु निरन्तर बिरामीको उपचारमा खटिएको जनाकारी दिदै उनले आइसोलेसनमा बसेकाहरुको अवस्था अन्य जिल्लाबाट बाहिरीएको जस्तो दर्दानक नभएको र चाडै निको हुने अवस्थामा संक्रमित भएकाहरु रहेको जानकारी दिईन् । जिल्ला अस्पतालमा हालसम्मा कुनै समस्या नरहेको उनको भनाई छ।

स्वास्थ्य सामाग्री वितरणले फ्रनट्लाईनमा खटिनेहरुको मनोबल बढाउन पाएकोमा आफू र आफ्नो संस्था गौरवान्वित् रहेको संस्थाका अध्यक्ष लेख बहादुर बिकले बताए ।

No description available.No description available.No description available.No description available.No description available.

फेसबुक प्रतिक्रियाहरु