शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कोरोना आतंक बिरुद्ध अभियानले पशुपतिनाथको ढोका खोल्न एकाबिहानै आन्दोलन, प्रहरीद्वारा दमन
समाचार

कोरोना आतंक बिरुद्ध अभियानले पशुपतिनाथको ढोका खोल्न एकाबिहानै आन्दोलन, प्रहरीद्वारा दमन

असोज १, काठमाडौँ , जुनेली न्युज |

कोरोना आतंक बिरुद्ध अभियान संस्थाले लक डाउन भएदेखिको बन्द पशुपतिनाथ मन्दिरको ढोका खोल्नु उदेश्यले आज पशुपतिनाथ मन्दिर परिसरमा ५०० जना मानिसहरु सहित शान्ति पूर्ण  आन्दोलन गर्ने क्रममा प्रहरी र आन्दोलनकारी बीच झडप भएको थियो | प्रहरीले एक्कासि लाठीचार्ज गरेर आन्दोलन बिथोल्न खोजेको थियो तर अर्को समुहले पशुपति क्षेत्रको डाँडामा रहेको मृगस्थलमा गएर सो आन्दोलनलाई सुचारु गरेको थियो | असोज १ गते बिश्वोकर्मा पुजाको दिन  एका बिहानै गर्न लागेको सो आन्दोलनमा केहि व्यक्तिहरु घाइते समेत भएका थिए |

कोरानाका बहानामा उत्पन्न गरिएका अन्य दर्जनौं समस्याहरु यथावत कायम रहेका छन, विस्वसनियता माथी चौतर्फी प्रस्न उठिरहेको पिसीआरको अनिवार्य प्रयोगबाट लुट मचाउने योजना, बैंक र अन्य वित्तिय संस्थाहरुबाट ब्याजमा ऋण लिएर कारोबार गर्नेहरुको ब्याज मिनाहा, सटर वा घरकोठा भाडामा लिएर बस्नेहरुको भाडा मिनाहा, विदेशबाट फर्केका नेपालीहरुलाई विनाधरौटी ऋण उपलब्ध गराएर व्यवस्थापन गर्ने समस्या, विदेशमा अलपत्र परेकाहरुलाई सहज रुपमा देश नफर्काउने र क्वारेन्टाईनका बहानामा ५ तारे होटेलमा राखेर लुट्ने योजना जस्ता समस्याहरु ज्यूँका त्यूँ बाँकि छन् भन्दै सो आन्दोलन गरिएको थियो |  सबै क्षेत्रको लक डाउन तत्काल अन्त्य गरी उपरोक्त समस्याहरु समाधान गर्न तुरुन्त कदम चालियोस र कथित लक डाउनको षडयन्त्र गरेर देश अस्तव्यस्त बनाउनेहरु जोजो छन,तिनीहरुको जायजेथाबाट पिडीत नारिकहरुलाई क्षतिपूर्ति दिने व्यवस्था गरियोस र डाक्टरहरु, नर्सहरु, सरक्षानिकायमा कार्यरत व्यक्तिहरु र उपचारका नाममा खटिएका अन्य व्यक्ति बाहेक अन्य सबैको “लक डाउन’ अवधिको तलबभत्ता फिर्ता गरियोस् भन्ने माग दहित २०७७ साल असोज १ गतेदेखि देशभरी शान्तिपूर्ण विरोधका कार्यक्रमहरु गर्ने निर्णय गरेका थियो |

कोरोनाको अनावश्यक त्रास फैलाएर लागु गरिएको माफिया  सरकारले लक डाउन अझै पनि पूर्ण रुपमा हटाउने लक्षण देखाएको छैन।असोज १ गतेदेखि यसलाई केही खुकुलो बनाउने सरकारको निर्णय गरेको थियो| तर उक्त निर्णयमा शिक्षण संस्थाहरु र धार्मिक तथा सार्वजनिक क्षेत्र खुला नगन नीति रहेको देखिएको छ।  लक डाउन समस्याका समाधान होईन भन्ने करा आम रुपमा स्पष्ट भैसक्दा पनि यसलाई जारी रारन्नुका पछाडी शक्तिहरुको स्वार्थले काम गरेको छ भन्ने तथ्य घामझै छर्लङ भैसकेको आरोप छ |

बना लेतका साथै धामिक/सांस्कृतिक क्षेत्र पनि माफिया लक डाउनको शिकार भैरहेको मानिसहरुको आस्थामाथि प्रहार गरेर मन्दिरहरु बन्द गरिएको उनीहरुको भनाइ छ |

फेसबुक प्रतिक्रियाहरु