शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • रामेछापमा सार्वजनिक यातायात चल्नेबारे अन्यौल्ता : दोब्बर भाडा लिदै यातायात व्यवासायी, यात्रुमारमा
रामेछाप बिशेष

रामेछापमा सार्वजनिक यातायात चल्नेबारे अन्यौल्ता : दोब्बर भाडा लिदै यातायात व्यवासायी, यात्रुमारमा

असोज ०१,

रामेछाप । देशब्यापी रुपमा आजदेखि सार्वजनिक यातायात चल्ने नेपाल निर्णय भएपनि रामेछापमा भने चलेका छैन्न् । जिल्लामा कोरोना संक्रमण जनस्तरमै फैलिएको आशंका गरिएको अवस्थालाई मध्यनजर गरि जिल्लाभित्र सवारीसाधान चलेपनि जिल्लाबाट बाहिर कुनैपनि सवारी साधन बाहिरिएका छैन्न्  ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डेका अनुसार जिल्लाबाहिर कुनै पनि सवारीसाधन बाहिरिएका छैनन् । उनले भने हामीलाई माथिबाट कुनै आदेश, परिपत्र आएको छैन । त्यसैले हामीले गाडी छाडेका छैनौ । मिडियामा धेरै नै देश व्यापी रुपमा गाडी चल्छ भनेर प्रकाशन, प्रसारण भएको छ । त्यो केन्द्रको कुरा भयो । जिल्ला प्रशासनबाट हामीलाई केही आदेश भएको छैन् त्यसैले जिल्ला भित्रगाडी चलिरहेका छन् । चल्छन् । तर जिल्लाबाहिर भने हामी माथिको आदेश अनुसार काम हुन्छ भने ।

गत चैत्र ११ गतेदेखि देश व्यापी रुपमा सार्वजनिक यातायात ठप्प रहेका छन् । एक जिल्ला भित्र भने कोरोना भाइरस संक्रमण कम भएका जिल्लामा प्रशासनको आदेश अनुसार चल्दै आएका छन् ।

यता प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सवारीसाधन देश व्यापी रुपमा चल्ने बारे आज बस्ने डिसिसिएमसिको बैठकले निर्णय गर्ने बताइन् । उनले जुनेली न्यूजसंग भनिन्- केन्द्र सरकारले आजदेखि सवारी संचालनको अनुमती दिएको छ । र जिल्ला अधिकारीलाई जिल्लामा संक्रमितको अवस्थालाई मध्यनजर गरी निर्णय लिनसक्ने आदेश भएको हुदा हामीले अहिले बसिरहेको बैठकले  निर्णय गर्ने छ । त्यसै बैठकले के गर्ने भन्ने बारेमा निर्णय हुनेछ । त्यसैले हामीले आज गाडी जिल्ला बाहिर पठाएको छैनऊ । आज निर्णय हुन्छ भनिन् ।

यता अरनिको बस संचालक, ब्यवसायी सुवाश फूयालले भने प्रशासनले गाडी आफूहरुले चलाएपनि मन्थलीको भैशेस्वारबाट ५/७ वटा बस ट्रफिक प्रहरीले फर्काएको जानकी दिए । उनले भने गाडी देशैभरि चलेका छन् । तर रामेछापमा भने प्रशासनले चल्न दिएन भने । हामीले चलाएर पठाएको ५/७ वटा गाडी फर्काएर बसपर्कमा राखेका छौ । अबकहिलेदेखि चल्छ हामी अन्यौल्मा पर्यौ भने ।

त्यस्तै अर्का हिमाल तराई यातायात व्यवसायी सन्जिप थापाले भने काठमाडौंबाट गालपा र गुन्सीका लागि बस मन्थलीमा आइपुगेको बताए । उनले भने हामीले सरकारको नियम अनुसार ५० प्रतिशत मानिस सिटमा राखेर ५० प्रतिशत भाट लिएर यात्रु लिएर गाडी मन्थली आयो बाटोमा कुनै समस्या भएको छैन भने । उनका अनुसार यात्रुहरुले  ५० प्रतिशत् बढि भाडा तिरेका छन् । मन्थली काठमाडौंका लागि पहिले ५०० सय भाडा तिर्नु पर्नेमा उनीहरुले ७५० तिरेर मन्थली आएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु