शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • दुई जना काठमाडौंमा बस्नेसहित रामेछापमा ८ जनामा कोरोना पुष्टि : एक सय नाघ्यो संक्रमितको संख्या
रामेछाप बिशेष

दुई जना काठमाडौंमा बस्नेसहित रामेछापमा ८ जनामा कोरोना पुष्टि : एक सय नाघ्यो संक्रमितको संख्या

कोरोना

भदौ २३,

रामेछाप । रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या कूल १०१ जना पुगेको छ । आज मंगलबार एकैदिन ८ जना संक्रमित थपिए संगै संक्रमितको संख्या १०१ पुगेको हो । आज जिल्ला अस्पताल रामेछापबाट परीक्षणको लागि पठाइएको ६ जनाको रिपोर्टि पोजेटिभ आएको छ । भने २ जना काठमाडौंमा एक वर्ष अघिदेखि बस्दै आएका हुन् । उनीहरुले काठमाडौंमै स्वाब परीक्षण गराएका थिए । उनीहरुको जिल्लाका एक जना लिखु तामाकोसी गाउँपालिका २ का ३३ वर्षका पुरुष छन् । अर्का एक जना मन्थली नगरपालिका १३ का  ३८ वर्षका पुरुष रहेका छन् ।

जिल्ला अस्पतालबाट पठाएकामा एक महिलासहित ५ जना संक्रमित देखिएका छन् । जसमा एक जना लिखु तामाकोसी गाउँपालिकाका प्रमुख रहेका छन् । उनी हाल प्रहरीको नियन्त्रणमा छन् ।

हालसम्ममा जिल्लाबाट पठाएको ४९ जना र काठमाडौं लगाएतका अस्पतालमा परीक्षण गराएका ५२ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । १ हजार १ सय ८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भने ९६ जनाको रिपोर्ट आउन बाँकि छ । आज मात्रै २७ जनाको स्वाब संकलन गरिएको छ । हालसम्मा १३ सय २९ जनाको स्वाब संकलन गरिएको छ । file Photo

फेसबुक प्रतिक्रियाहरु