शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मन्थली नगरपालिकाको सामाजिक सुरक्षा भत्ता बैंक मार्फत भुक्तानी गर्ने प्रक्रिया सुरु : १५ करोड खर्च
रामेछाप बिशेष

मन्थली नगरपालिकाको सामाजिक सुरक्षा भत्ता बैंक मार्फत भुक्तानी गर्ने प्रक्रिया सुरु : १५ करोड खर्च

भदौ २३,

रामेछाप । रामेछापको मन्थली नगरपालिकामा अबदेखि सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण हुने भएको छ ।

सरकारले अनिवार्य रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने निर्णय गरेसँगै नगरपालिकाले पनि भत्ता बैकिङ प्रणालीबाट वितरण गर्ने प्रक्रिया अघि बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले जानकारी दिए । उनका अनुसार

हाल अधिकृत पौडेलका अनुसार ५ हजार ५ सय ४५ जनाले भत्ता बुझ्दै आएका छन् । जसमा जेष्ठ नागरिक २७ सय ८० जना, दलित जेष्ठ नागरिक करिब ३ सय जना, एकल महिला ६ सय ३५ जना, विदुवा महिला ६ सय ३० जना, दलित बालबालिका ७ सय २० जना, क वर्ग १ सय २९ जना र ख वर्गको २ सय १३ जना रहेका छन् ।

सामाजिक सुरक्षा भत्ता वितरणको लागि नगरभित्रका १३ वटा बैंकहरु संग छलफल भएको तर निर्णय भने बाँकी रहेको उनले बताए । उनका अनुसार केही दिनमा टुङ्गोमा पुग्ने छ । त्यसको लागि कुन वडामा कुन बैंकले काम गर्ने भन्नेको लागि निर्णय  गर्न चिठ्ठा प्रणालीबाट निर्णय गरिने छ । हालसम्ममा अधिकृत पौडेलका अनुसार सामाजिक सुरक्षा भत्ताको लागि १५ करोड रुपैयाँ खर्च हुदै आएको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु