बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • लिखुतामाकोशी गाउँपालिकका अध्यक्ष सहित रामेछापमा थप ६ जनामा कोरोना पुष्टि
रामेछाप बिशेष

लिखुतामाकोशी गाउँपालिकका अध्यक्ष सहित रामेछापमा थप ६ जनामा कोरोना पुष्टि

कोरोना

भाद्र २३

रामेछाप । रामेछापमा गाउँपालिका अध्यक्ष सहित ६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्का सहित ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

संक्रमीत गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर खड्का शरिर बन्धक वनाई जवरजस्ती चेकमा हस्ताक्षर गराएको अभियोगमा प्रहरीको नियन्त्रणमा बिगत एक महिना देखी प्रहरी हिरासतमा रहेका छन् ।

अध्यक्ष खड्का संगै प्रहरी हिरासतमा रहेका अर्का एक जनालाई पनी कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी दुई जना र एकजना ट्राफीक प्रहरी लाई कोरोना संक्रमण भएको पुष्टि भएको छ भने एक जना मन्थली नगरपालिका वडा नम्बर २ टेकनपुरका महिला रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु