बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • कोरोना संक्रमणबाट बच्न गाउँका सबैलाई वितरण गर्यो, युवा कल्वले मास्क र साबुन
रामेछाप बिशेष

कोरोना संक्रमणबाट बच्न गाउँका सबैलाई वितरण गर्यो, युवा कल्वले मास्क र साबुन

भदौ २३,

रामेछाप । रामेछापको मन्थली नगरपालिका ७ भटौली, पोखरी, पहरेपानीस्थित मितेरी युवा कल्बले स्वास्थ्य सामाग्री विरतण गरेको छ । सोमबार कल्वले विभिन्न दाताहरुको सहयोगमा कोरोना भाइरस संक्रमणबाट बच्नको लागि स्वास्थ्य सामाग्री वितरण गरिएको हो । कल्बले सोही ठाउँका ८९ घरपरिवारलाई मास्क, हातधुने साबुन, वितरण गरेको कल्वका उपाध्यक्ष छत्र मुङ्ग्रातीले जुनेली न्युजलाई जानकारी दिए ।

उनका अनुसार कल्वको नेतृत्वमा कोरोनाको महामारीबाट आफू पनि बचौं अरुलाई पनि बचाउँ भन्ने अभियानका साथ स्वास्थ्य सुरक्षाका सामाग्रीहरु स्थानीय वृद्धवृद्धादेखि युवा केटाकेटी, किशोरी, किशोरहरुलाई प्रत्येकलाई एक-एक थान मास्क र हात धुने साबुन जनचेतनासहित हस्तान्तरण गरिएको हो ।

कल्वकोले जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिका वडा नं १ लगाएतका विभिन्न राजनीतिक दल, ब्यापारी, समाजसेवी, उद्योगीहरुसंग समन्वय गरि सामाग्री संकलन गरि वितरण गरेको हो । त्यस अघि पनि कल्वले सोही ठाउँको विद्यालय सरसफाई, वातावतरण संरक्षाणको काम गरेको थियो ।

वितरणको लागि बिराज दाना सप्लाएर्सले २५० थान, अनेरास्ववियूका जिल्ला संयोजक सागरहरी अधिकारीले १०० थान मास्क सहयोग गरेका थिए ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ब्यवसायीहरु देबेन्द्र श्रेष्ठ र रत्न गौतम, उधोग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्याम थापा, नेपाली काग्रेसका जिल्ला सदस्य शुक्र माझी,  नेविसंघ बागमती प्रदेश प्रवक्ता रत्नहरी ढुङ्गेल, नेकपा जिल्ला सदस्य राम तामाङ ,युवा ब्यवसायी बिपिन भट्टराई, अनुराग इन्टरप्राईज, निर्माण व्यावसायी सुरेन्द्र कार्की, वडा सदस्य पबित्रा सार्कीले आर्थिक सहयोग गरेका थिए । कल्वले संयुक्त रुपमा ९०० सय थान माक्स र २ सय ५० थान साबुन वितरण गरेको हो ।

वितरण कार्यक्रममा सरकारले कोरोना भाइसर संक्रमण नियन्त्रण गर्नको लागि जारी भौतिक दूरी कायम गरिएको कल्बका सचिव रमेश अछामीले जुनेली न्युजलाई बताए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु