शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गोविन्द खड्कालाई २५ दिनपछि अदालत पेश गरियो
रामेछाप बिशेष

गोविन्द खड्कालाई २५ दिनपछि अदालत पेश गरियो

भदौ २२,

रामेछाप । तीन वटा मुद्दामा हिरासतमा रहेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकालाई आज जिल्ला अदालतमा पेश गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार खडकालाई अदालतमा पेश गरेको हो । शरीर बन्दक, ठगी र बलात्कार गरी तीन वटा मुद्दामाथि प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो ।

धोवी बजारको सडक निर्माण उपभोक्ता समितका अध्यक्ष दर्पण घिसिङले आफूलाई खडकाले बन्दक बनाएको आरोपमा उजुरी दिएपछि २५ दिन अघि खडकालाई प्रहरीले पक्राउ परेका थियो । लगत्तै गाउँपालिकाको जग्गा खरिदमा आफू ठगिएको भन्दै खडकाको विरुद्ध अर्को ठगीको मुद्दा दर्ता भएको थियो । त्यसैगरी गाउँपालिकाका एक महिलाले आफूलाई दस महिना अघि खडकाले बलात्कार गरेको भन्दै अर्को मुद्दा प्रहरीमा दर्ता गराएका थिइन ।

प्रहरीले तीन वटै मुद्दामाथि अनुसन्धान गरेर सरकारी वकिलको कार्यालय माफर्त जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले बताए । उनका अनुसार अदालतमा थुनछेकको बहसपछि खड्का जेल जाने वा ढरौटीमा छुटने फैसला अदालतले गर्नेछ ।

फेसबुक प्रतिक्रियाहरु