शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मन्थलीको, चिसापानी र गोकुलगंगाको, चुचुरेमा विद्यालयको चार-चार कोठे पक्कि भवनको शिलन्यास्
रामेछाप बिशेष

मन्थलीको, चिसापानी र गोकुलगंगाको, चुचुरेमा विद्यालयको चार-चार कोठे पक्कि भवनको शिलन्यास्

भदौ २२

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ८ चिसापानी र गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेको शिवालयस्थित विद्यालयहरुको भवन शिलन्यास गरिएको छ । आइतबार मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले भवनको शिलन्याश गरेका हुन् ।

स्थानीय जगदम्बा आधारभुत विद्यालय च्युरिपानीस्थित विद्यालय भवनको लागि भवन शिलन्यास गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्धव रम्तेलले जानकारी दिए । उनका अनुसार सो विद्यालय भवन आधुनिक, भुकम्प प्रतिरोधी र सुविधा सम्पन्न हुने छ । हाल ढुङ्गामाटोबाट निर्माण भएको कच्चि भवनबाट पठनपाठन हुदै आएको थियो । अब बन्ने भवन ४ कोठे सुविधा सम्पन्न हुने छ ।

आगामी पुष मसान्ता सम्ममा सम्पन्न गर्ने गरि निर्माण कार्या सुरु गरिएको सो भवनको कूल लागत ६८ लाख रुपैयाँ रहेको छ । रम्तेलका अनुसार विद्यालय ब्यवस्थापन समितिले नै भवन निर्माणको काम अघि बढाएको छ । उनका अनुसार कोरोन भाइरस संक्रमणका कारण जारी निषेधाज्ञाले निर्माण कार्यमा केही ढिला हुन सक्ने छ ।

त्यस्तै जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेको शिवालयस्थित श्री शिव आधारभुत विद्यालयको पनि भवन निर्माणको लागि शिलन्या गरिएको छ । आइतबार सोही गाउँपालिकाकी उपप्रमुख राधिका श्रेष्ठ नेवारले ४ कोठे पक्कि भवन निर्माणको लागि भवनको शिलन्यास गरेकी हुन् । ७१ लाख ३२ हजार ८ सय ४६ रुपैयाँ कूल लागतमा निर्माण सम्पन्न गर्ने गरि निर्माणको काम अघि बढाइएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उमेश गुभाजुले जानकारी दिए ।

आगामी चैत्रमसान्तमा सम्पन्न गर्ने गरि निर्माणको काम सुरु गरिएको उनले जानकारी दिए । सो भवन तोकिएको मितिभन्दा अघिनै निर्माण सम्पन्न हुने समितिको विश्वास् रहेको छ । कूल १ सय ३० जना विद्यार्थी अध्यन गर्दै आएको सो विद्यालयमा पक्कि भवन निर्माण भएमा पढाइको लागि सहज हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु