शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • रामेछापमा पाँच जना प्रहरी र एक स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना पुष्टि
रामेछाप बिशेष

रामेछापमा पाँच जना प्रहरी र एक स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना पुष्टि

कोरोना

भदौ १९,

रामेछाप । रामेछाप जिल्लामा शुक्रबार (आज) ५ जना प्रहरीसहित ६ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल रामेछापले स्वाब संकलन गरि परीक्षणका लागि पठाएकोमा एकै चोटी जिल्ला प्रहरी कार्यालयमा कार्यारत ५ जना प्रहरीमा कोरोना पुष्टि भएको जिल्ला अस्पताल रामेछापका स्वास्थ्य अधिकृत भुवन थापाले जुनेली न्युजलाई जानकारी दिए ।

उनका अनुसार एक जना तामाकोसी अस्पतालमा कार्यारत महिला स्वास्थ्यकर्मी रहेकी छन् । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ७९ जना पुगेको छ । जसमा काठमाडौंमा परीक्षण गराएका ९ महिला र २९ जना पुरुष छन् । जिल्ला अस्पतालबाट पठाएको रिपोर्ट पोजेटिभ हुनेको संख्या ४३ पुगेको छ  ।

फेसबुक प्रतिक्रियाहरु