शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • केन्द्रीय कारागारमा मृत्यु भएका तीन जना कैदीबन्दीमा कोरोना पुष्टि
समाचार

केन्द्रीय कारागारमा मृत्यु भएका तीन जना कैदीबन्दीमा कोरोना पुष्टि

कोरोना

भदौ १९,

काठमाडौं । केन्द्रीय कारागार सुन्धाराका तीन जना कैदीको मृत्यु पछि कोरोना पुष्टि भएको छ। भाद्र १६ गते वीर अस्पतालमा तीनै जनाको निधन भएको थियो। दीर्घरोगी रहेका पाल्पाका ५८, बझाङका ६० र सिरहाका ६४ वर्षका पुरुषको गत १६ गते निधन भएको र उनीहरुको बिहीबार बेलुका कोरोना पुष्टि भएको केन्द्रीय कारागार कार्यालयका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले  जानकारी दिए ।

उनीहरु विभिन्न मुद्दामा कारागारमा थिए। तीनै जनामा दिर्घ रोग रहेको पनि बाँस्कोटाले बताए। यस अघि मेघा अस्पतालमा मृत्यु भएका कञ्‍चनपुरका ४१ वर्षीय कैदीमा कोरोना पुष्टि भएको थियो।

मृत्यु भएका तिनै जनाको शव भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अस्पतालमा राखिएको छ। योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ।

फेसबुक प्रतिक्रियाहरु