मङ्लबार, कार्तिक २७, २०८१
  • होमपेज
  • साँढेको जुदाई, अनि निमुखा नेपाली जनता- एल.पि बुढाथोकी
जुनेली बिशेष

साँढेको जुदाई, अनि निमुखा नेपाली जनता- एल.पि बुढाथोकी

१९ भद्र , काठमाडौँ , जुनेली न्युज |

प्रजातन्त्रको आर्दशवादी खोल ओडेर निमूखा नेपाली जनताको विश्वास र बलिदानले तयार भएको लोकतान्त्रिक गणतन्त्र, नेपाली आकाशमा अपाच्य हुन थालेको छ । स्वदेशी जनताको पसिना होस् या तातो हावाको रापबाट आर्जित रेमिटेन्स होस् यो देशको वास्तविक सामाजिक रुपान्तरणको  ज्वरो यहि नै हो । न त राजा महाराजाले देशको कायापलट गरे न त जनधिकार वाला महिसार्सुर हरुले । आश्चर्य  त यो छ कि नेपाली जनता यिनिहरुकै भाग्य विधाता हुन् । जस्तै समस्या र पिडा भोग्नु परे पनि टेलिभिजनको दर्शक झै चुपचाप सहन गरि नै रहन्छन् ।

कोभिड–१९ को कुरा गरौँ आय विनाको दैनिकी ६ महिना सम्म अनि इमान्दारिता राज्यको कर तिर्न आतुर मालपोत तथा सम्वन्धि निकायको भिडभाड कसरी निमुखा जनताले धान्न सकेका छन् । अन्तत्वोगत्तवा कुनै पनि कुराको सिमा हुन्छ सिमाको वाध फुटेपछि विस्फोट हुन्छ भन्ने यर्थात परक घटना छुटपुट रुपमा घटन थालि सकेका छन् । यो देश एमाले र माओवादीबाट संचालित नेकपा मय बनेको छ । अन्य पार्टी त विपक्षी हुन की त्यसैबाट पालनपोषण भएका भाइचारा हुन जनतालाई छुट्याउन गाह्रो अवस्था छ । सबैको चुनावी नारा शान्ति स्थिरता, सामाजिक रुपान्तरण तथा दुरगामी बिकास थियो । आज किन सबै गौडं बने, किन जनता गणतन्त्रको विकल्पको खोजीमा लागे, विचाराधिन विषय बन्न पुगेको छ । कोभिडको कारण स्वास्थ्य सुरक्षाको रुपमा लकडाउन मात्र नभै जिवन रक्षाको निम्ती गाँस, बाँस, कपास अनिवार्य विषय हो की होइन ? यदि जनताले सरकारलाई अभिभावकको रुपमा सम्मान गरेकै छ भने राज्यले दिने बिजुली, खानेपानी, कर तथा व्यवसायिक कर्जामा राहत दिदा के हुन्थ्यो ? राहतको नाममा राहत बाडियो  त केवल सामाजिक अभियान्ताहरुबाट नै बाडियो त्यसमा पनि सरकारी गिद्धे दृष्टि पर्यो ज्यालादारी फुटपाथे र श्रमिकको गासवास बन्द गरियो ।
यसको निरन्तर बिकल्प के त ? र खोइ बिकल्प ? देशमा हावादारी कुरा बडी बाडियो र केवल ध्यान मोडियो । मोडियो त कहिले कालापनी–लिपुलेक अनि कैले राम जन्म स्थल तर्फ । पत्रकारका पनि कलमका मसि त्यसैमा खर्चिए अनि क्यामरा त्यतै दौडिए । अन्त्यमा त्यसको अन्त्य खोई ?

यात्रा त्यहि गर्नु जसको अन्तिम विन्दु थाहा हुन्छ । मित्थ्या समयको वर्वादी किन ?
अफसोच त बिचारा पेटको भोक सँग जुदिरहेका दिन दुःखी को छ यहाँ । सेवा सुविधा अमनचयनसँग बाच्ने नेतालाई त केवल कुर्सी र भागबण्डा  अनि आफ्नो गुट बलियो बनाउने दौड मात्र देखियो । खोइ तिम्रो राष्ट्रबाद ?, समाजवाद ? अनि मानवतावाद ? हुदाँ हुदा नेपाली जनमतमा पनि कति खेलवाड गर्दैछौँ । जनमत भन्दा माथि गोप्य संविधान बनाएका रहेछौ । चुनावमा पराजित भए पनि कुर्सीमा जाने गोप्य बाटो बनाएछौ। बामदेव होस या रामदेव होस् किन उसैको सुरक्षा गर्नु प¥र्यो अन्य देवको कमि भएकै हो त ? बहुमतको टाउको जुटाउनु कार्यकारीले समेत तितो असत्यलाई स्विकार्नु पर्ने ?
गुट र सहमती भन्दा माथि जनता र राज्य हो की आफ्नो शक्ति संचय र कुर्सी ?

प्रचण्डको नामाकरण पनि त्यसैको पर्यायवाची हो कि शब्दकोषमा खोज्न थालिएको छ । टेलिभिजन या पत्रपत्रिकामा होस् जनता र देश भन्दा माथि एक अर्काको आलोचना मात्र समाचारको हेड लाईन बन्ने गर्छ र पूर्ण पात्र पनि त्यसैको गरिएको छ । यदि सरकार यहि सत्य गणतन्त्र हो भने हामीलाई यस्तो सरकार आवश्यक छैन् । नेपाली जनताले राणा शासन, शाह बंश फ्याक्न सके भने यस्ता नालायक सरकार पनि फ्याक्न सक्छन् । विकल्प समयको माग हो त्यो स्विकार्य हुनेछ ।
यो देशका सपुदहरुले बलिदानद्वारा सृजित स्वतन्त्र राज्य हो यो न कि राजनितिक पुर्खाहरुले गणतन्त्रको लागि दिएको पुर्खेउली सम्पती । जहाँ अधिकार बाडियोस, कानुन बाडियोस, सरकार पार्टी पार्टी भित्र बाडियोस । अब पराकाष्ठ नाघी सक्यो । यो घृणित खेल बन्द गर्न आवश्यक छ । कोभिड–१९ सबै स्वास्थ्य सुरक्षा, गाँस बाँस कपास जनताको आवश्यकता हो सम्बोधन गर र सामाधानको लागि जनतासँग हाते मालो गर नत्र महाभारत को श्री कृष्णरुपी चक्र  सर्वनाशको विकराल रुपमा अबतरित नहोला भन्न सकिन्न, जय देश ।।।

फेसबुक प्रतिक्रियाहरु