शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • रामेछापका ७२ जनामा कोरोना संक्रमण पुष्टि
रामेछाप बिशेष

रामेछापका ७२ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना

१६ भदौ,

काठमाडौ । रामेछाप स्थायी घर भइ काठमाडौमा बसोबास गर्ने दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा रामेछापका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको छ ।

रामेछाप जिल्लाका हालसम्म ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाभित्र स्वाब संकलन गराएका ३७ जना र विभिन्न जिल्लामा स्वाब संकलन गराएका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले आज दुई जना थपिएसँगै जिल्लाका ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु