मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • अस्पताल नभएका जिल्लाका अस्पताललाई स्तरोन्नती गर्ने बागमती प्रदेशको निर्णय
रामेछाप बिशेष

अस्पताल नभएका जिल्लाका अस्पताललाई स्तरोन्नती गर्ने बागमती प्रदेशको निर्णय

बागमती प्रदेश

भदौ १७,

रामेछाप । बागमती प्रदेश सरकारले आफ्नो मातहतमा अस्पताल नभएका जिल्लाका अस्पताललाई स्तरोन्नती गर्ने निर्णय गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतमा मंगलबार बसेको बैठकले प्रदेश मातहत नभएका जिल्लाको स्थानीय तहमा रहेका अस्पतालहरुको स्तरोन्नती गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकार अन्तर्गत रहेको दोलखा, काभ्रे, काठमाडाैं, ललितपुर र चितवनमा प्रदेश मातहतका अस्पताल छैनन् । हाल प्रदेश अन्तर्गत ८ वटा जिल्लामा मात्र प्रदेश मातहतका अस्पतालहरु रहेका छन् । बैठकले स्थानीय तहमा रहेका अस्पतालहरूलाइ नै स्तरोन्नती गर्ने निर्णय गरेको छ ।

बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बैठकले पर्यटन व्यवसायको इजाजत नवीकरण तथा जरिवाना/विलम्ब दस्तुरमा छुट दिने निर्णय गरेकाे बताए ।

प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक, प्रदेश राजपत्र प्रकाशन सम्बन्धी (पहिलो संसोधन) निर्देशिका २०७७, दुध पाउडर प्लान्ट निर्माणका लागि जग्गा भोगचलन स्विकृत गर्ने निर्णय बैठकले गरेको ढुंगेलले जानकारी दिए ।  मन्त्री ढुंगेलका अनुसार महिला विकास प्रशिक्षण केन्द्र ललितपुरको संरचना प्रदेश मातहत ल्याउने र प्रदेश मातहत रहने आयोजनाहरुको अस्थायी दसरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु