बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ सहित थपिए १०६९ जना कोरोना संक्रमित, ११ जनाको मृत्यु
रामेछाप बिशेष

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ सहित थपिए १०६९ जना कोरोना संक्रमित, ११ जनाको मृत्यु

कोरोना

भदौ १६।

काठमाडौं ।  नेपालमा पछिल्ले २४ घण्टामा १०६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०६९ जना संक्रमित थपिएको जानकारी दिनुभयो । यो सहित हालसम्म संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७६८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् ।  हालसम्म कोरोनाबाट निको हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १८ हजार ११२ छ । पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको थियो । हालसम्म ७ लाख ५ हजार बढीको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु