शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • २४ घण्टापछि संचालनमा आयो रामेछापमा नेपाल टेलिकमको इन्टरनेट् सेवा
रामेछाप बिशेष

२४ घण्टापछि संचालनमा आयो रामेछापमा नेपाल टेलिकमको इन्टरनेट् सेवा

नेपाल टेलिकमको इन्टरनेट्

भदौ १४

रामेछाप । रामेछाप जिल्लामा नेपाल टेलिकमको इन्टरनेट सेवा २४ घण्टापछि सुचारु भएको छ । शनिबार (हिजो) दिनको करिब ३ बजेदेखि अवरुद्ध नेपाल टेलिकमको इन्टरनेट् सेवा आइरबार (आज) दिउँसो तीन बजेदेखि संचालनमा आएको हो । सिन्धुपाल्चोक जिल्लाको खरिढुंगा भन्ने ठाउँमा फाईबर चुँडिदा सेवा अवरुद्ध भएको थियो ।

आइतबार बिहानै त्यसतर्फ गएको प्रविधिक सहितको टोलिले सेवा चुडिएको फाइबर बनाएकोले सुचारु गरिएको नेपाल टेलिकम जिल्ला शाखा कार्यालय रामेछापका प्रमुख विष्णु भण्डारीले जुनेली न्युजलाई जानकारी दिए ।

इन्टरनेट्मा समस्या आउँदा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयहरुको आइतबारको काममा असर पुगेको छ । संचारमाध्यमहरु रेडियोमा विशेष असर पुगेको थियो । जिल्लामा पछिल्लो केही दिन यता बारम्बार नेपाल टेलिकमको इन्टरनेट्मा समस्या आउने गरेको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु