शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पूर्वी नुवाकोटको शिवपुरी गाउँपालिकाका कर्मचारीसहित ७ जनामा कोरोना पुष्टि
समाचार

पूर्वी नुवाकोटको शिवपुरी गाउँपालिकाका कर्मचारीसहित ७ जनामा कोरोना पुष्टि

कोरोना

भदौ १४,

काठमाडौं । नुवाकोटको पूर्वी भेगमा अवस्थित शिवपुरी गाउँपालिकामा गाउँपालिकाको कर्मचारीसहित ७ जनामा एकैपटक कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ ।
भाद्र ८ गते गाउँपालिका भित्रका पसल व्यवसाय गर्नेहरु, गाडी ड्राइभरहरु र गाउँपालिकाका कर्मचारी सहितलाई ६७ जनाको कोरोना परिक्षण गरिएकोमा गाउँपालिकाको वडा नं १ मा १ जना, वडा नं ४ मा २ जना, वडा नं ५ मा ३ जना र गाउँपालिकाको १ जना कर्मचारी कोरोना संक्रमीत भेटिएका हुन ।
कोरोना संक्रमीत ७ जनालाई एम्बुलेन्स मार्फत गाउँपालिका ल्याउने कार्य भइरहेको र सबै जम्मा भएपछि जिल्ला अस्पताल त्रीशुलीको आइसोलेसनमा पठाइने गाउँपालिकाले जनाएको छ ।
एकैपटक ७ जनामा कोरोना सङ्क्रमण भेटिएपछि गाउँपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले गाँउपालीकाको सबै प्रवेश नाका शिल गरेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले वताए ।file Photo

फेसबुक प्रतिक्रियाहरु