शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जनता र राष्ट्रियता टाढा साथी गजल
जुनेली बिशेष

जनता र राष्ट्रियता टाढा साथी गजल

देश साथी

घाउ र चोट मात्रै काँडा छ देश साथी
जनता र राष्ट्रियता टाढा छ देश साथी

निर्लज्ज दुष्ट पापी नेता हुँ भन्न थाले
यस्तै विसङ्गतिले छाडा छ देश साथी

खाए लुटेर सारा स्वार्थी समाज भैगो
केही नराखी रित्तो भाँडा छ देश साथी

सुस्ता लुटिन्छ दिउँसै पुस्ता छ मौनतामा
आँसु पिएर आज गाढा छ देश साथी

  • गजल, लेखक तीर्थराज जोशी

फेसबुक प्रतिक्रियाहरु