बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • आज एकै दिन १२ सय २१ जनामा कोरोना पुष्टि
समाचार

आज एकै दिन १२ सय २१ जनामा कोरोना पुष्टि

कोरोना

भदौ १४,

काठमाडौं । नेपालमा आइतबारसम्ममा १७ हजार ५ सय १८ जना मानिसहरु संक्रिय  कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले जानकारी दिए ।

त्यस्तै २४ घण्टामा २ सय ६७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। योसंगै कूल डिस्चार्ज हुनेको संख्या २० हजार ८ सय २२ पुगेको छ । आज १२ हजार ६ सय १७ जनाको पीसिआर परीक्षण गर्दा आज सम्मकै उच्च संक्रमितहरु थपिएका छन् । जसमा १ हजार २ सय २१ जना थपिएका छन् । जसमा ३४८ जना महिला र ८७३ जना पुरुष रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु