शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • रामेछापको मन्थलीमा निर्माणाधिन ७ करोडको चिस्यान केन्द्र बन्नद बन्दै भत्कियो
रामेछाप बिशेष

रामेछापको मन्थलीमा निर्माणाधिन ७ करोडको चिस्यान केन्द्र बन्नद बन्दै भत्कियो

भदौ १२।
रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा निर्माणाधिन तरकारी तथा फलफूल चिस्यान केन्द्र निर्माणकै क्रममा भत्किएको छ । मन्थली नगरपालिका–१ सानीमदौमा निर्माणाधिन चिस्यान केन्द्र निर्माण भइनसक्दै भत्किएको हो ।

मन्थली नगरपालिका–१ सानीमदौमा निर्माणाधिन तरकारी तथा फलफूल चिस्यान केन्द्र निर्माणकै क्रममा भत्किएको हो । वागमती प्रदेश सरकारको ५ करोड र मन्थली नगरपालिकाको २ करोड गरि ७ करोडको कूल बजेट साँझेदारीमा निर्माण भइरहेको चिस्यान केन्द्रको पर्खाल भासिनुका साथै ढलान समेत फुटेर चिराचिरा परेको छ । चिस्यान केन्द्र निर्माणको लागि जमिन खार्ने क्रममा थुपारिएको माटोमाथि नै भवनको जग राखिएको र कम्जोर निर्माण सामग्री प्रयोग गरिएको कारण भवनको ढलान फुट्ने र भासिने भएको स्थानीयको युवराज सुवेदीको भनाई छ ।

विकास निर्माणसँग सम्बन्धित कुनै पनि निर्माण आयोजना÷परियोजनाहरुको लागत बजेट, निर्माण अवधि, निर्माण हुने संरचनाको विवरण खुलाएर निर्माण क्षेत्रमा सूचना पाटी राख्नु पर्ने ब्यवस्था छ । तर, ७ करोडको लागतमा निर्माण भइरहेको आयोजनाको सूचना पार्टी समेत राखिएको छैन । भवनको टाइविम समेत माटोमाथि नै राखिएको र ढलान पनि गुणस्तरहिन रहेको स्थानीयको आरोप छ ।

इजी इन्फा प्रालिले चिस्यान केन्द्रको भवन निर्माणको जिम्मा पाएको थियो । निर्माण कार्य गणुस्तरहिन भएकाले अहिले निर्माण भएको संरचना पूर्णरुपमा भत्काएर स्टिमेट अनुसारको संरचना निर्माण नभएमा काम अगाडी बढ्न नदिने स्थानीयले बताएका छन ।

चिस्यान केन्द्र निर्माणको जिम्मा पाएका निर्माण ब्यवसायि उत्तम पौडेलले भवनको पर्खाल भासिनु र ढलान भत्किनुमा प्राविधिक समस्या भएको स्वीकार गरेका छन । भत्किएको र भासिएको ठाउँमा सुधार गरिदिने पनि पौडेलले बताए । file Photo

फेसबुक प्रतिक्रियाहरु