शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रामेछापमा एक स्वास्थ्यकर्मी सहित ४ जना कोरोना संक्रमित थपिए : दुई काठमाडौंमा
रामेछाप बिशेष

रामेछापमा एक स्वास्थ्यकर्मी सहित ४ जना कोरोना संक्रमित थपिए : दुई काठमाडौंमा

भदौ ११,

रामेछाप । रामेछापमा आज थपिएका ६ जना कोरोना संक्रमितहरु ४ जना जिल्ला अस्पताल रामेछापबाट पठाएको रिपोर्ट पोजेटिभ आएको पुष्टि भएको छ । उनीहरुको रिपोर्ट बिहिबार पोजेटिभ आएको हो । पोजेटिभ हुनेमा एक जना २५ वर्षीय स्वास्थ्यकर्मी रहेकी छन् । अरु ३८, २३ र १९ वर्षका पुरुषहरु क्वारेन्टिनमा बसेकाहरु रहेको खुलेको छ ।

बाँकि २ जना काठमाडौंमानै स्वाब संकलन गरि रिपोर्ट पोजेटिभ आएकाहरु रहेका छन् । उनीहरुमा एक २३ वर्षीय महिला र ३१ वर्षका एक पुरुष हरेका छन । योसंगै जिल्ला अस्पताल रामेछापबाट पठाएको रिपोर्ट पोजेटिभ हुनेको संख्या ३७ जना पुगेको छ ।

त्यस्तै जिल्लामा हालसम्ममा ६७ जना पुगेको जिल्ला अस्पताल रामेछापका स्वास्थ्य अधिकृत भुवन थापाले जुनेली न्युजलाई जानकारी दिए ।file Photo

फेसबुक प्रतिक्रियाहरु