शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • खाँडादेवीका ९ वटै वडा र संघस्थालाई दिए कार्कीले स्वास्थ्य सामाग्री
रामेछाप बिशेष

खाँडादेवीका ९ वटै वडा र संघस्थालाई दिए कार्कीले स्वास्थ्य सामाग्री

भदौ ११,

रामेछाप । रामेछापको खाडादेवी गाउँपालिकाका ९ वटै वडा कार्यालय र संघसंस्थाहरुलाई स्वस्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । बिहिवार गाउँपालिकामा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरि भएको एक भेट्घाट्का बिच गाउँपालिका अन्तर्गतका सबै वडा कार्यालय, बैंक, सहकारी, प्रहरी प्रशासनलाई स्वास्थ्य सामाग्रीहरु मास्क, स्यानिटाइजार हस्तान्तरण गरिएको हो ।

पालिकाको वडा नं २ मजुवा हिलेचौरका स्थानीय तथा हाल काठमाडौं बसेर व्याबसाय गर्दै आएका कल्याणरत्न कार्कीले ब्यक्तिगत् खर्चमा पालिका र वडा कार्यलय मार्फत पालिकाका सबै स्थानीयहरुलाई मास्क वितरण गरेका हुन् ।

उनले वडा नं १ लाई १८ सय सर्जिकल मास्क, एक प्याकेट् एन् नाईन्टिफाईब मास्क, ६ लिटर स्यानिटाइजर दिएका छन् ।
त्यस्तै वडा नं २ लाई १४ सय सर्जिकल मास्क, एक प्याकेट् एन् नाईन्टिफाईब मास्क, ६ लिटर स्यानिटाइजर दिएका छन् ।
त्यस्तै वडा नं ३ लाई १८ सय सर्जिकल मास्क, एक प्याकेट् एन् नाईन्टिफाईब मास्क, ६ लिटर स्यानिटाइजर दिएका छन् ।
त्यस्तै वडा नं ४ लाई १४ सय सर्जिकल मास्क, एक प्याकेट् एन् नाईन्टिफाईब मास्क, ६ लिटर स्यानिटाइजर दिएका छन् ।
त्यस्तै वडा नं ५ लाई १४ सय सर्जिकल मास्क, पाँच प्याकेट् एन् नाईन्टिफाईब मास्क, ६ लिटर स्यानिटाइजर दिएका छन् ।
त्यस्तै वडा नं ६ लाई १४ सय सर्जिकल मास्क, पाँच प्याकेट् एन् नाईन्टिफाईब मास्क, ६ लिटर स्यानिटाइजर दिएका छन् ।
त्यस्तै वडा नं ७ लाई १८ सय सर्जिकल मास्क, पाँच प्याकेट् एन् नाईन्टिफाईब मास्क, ६ लिटर स्यानिटाइजर दिएका छन् ।
त्यस्तै वडा नं ८ लाई १८ सय सर्जिकल मास्क, पाँच प्याकेट् एन् नाईन्टिफाईब मास्क, ६ लिटर स्यानिटाइजर दिएका छन् ।
त्यस्तै वडा नं ९ लाई १४ सय सर्जिकल मास्क, पाँच प्याकेट् एन् नाईन्टिफाईब मास्क, ६ लिटर स्यानिटाइजर दिएका छन् । भने प्रहरी चौकीलाई २ सय थान सर्जिकल मास्क दिएको छ । त्यस्तै सोही ठाउँको स्वास्थ्य चौकीलाई २ सय थान मास्क हस्तान्तरण गरिएको छ ।
उनले पर्यटन सहकारी संघलाई १ सय थान सर्जिकल मास्क दिएका छन् । भने सोही ठाउँमा रहेको लक्ष्मी बैंकलाई २ सय थान मास्क सहयोग गरिएको छ ।

त्यस्तै राष्ट्रिय दलित पत्रकार संघ नेपाललाई १ सय थान मास्क र स्यानिटाइजर सहयोग गरिएको छ ।  कार्कीले यस अघि पनि पालिकाको वडा नं ६ स्थित भवनी माध्यमीक विद्यालयलाई १ लाख १० हजार पठनपाठनलाई गुणस्तरिय बनाउनको लागि सहयोग गरेका थिए ।
बिहिबारको अनौपचारी कार्यक्रममा छोटो भनाई राख्दै कार्कीले कोरोना भाइरस संक्रमणबाट जोगिनको लागि सबैले हातेमालो आवश्यक रहेकाले आफूले पनि सानो सहयोग मात्रै गरेको बताए ।

उनले कोरोना भाइरसको संक्रमणबाट बाँच्नको लागि सबैले सरकारको स्वास्थ्य मापदण्ड पालन गर्नु जरुरी रहेको उल्लेख गरे । साथै यो महामारीको बेलामा सबैले धन हुनेल सानो सानो सहयोगले एक जनालाई भए पनि सुरक्षित बनाउने भएकाले सहयोगको हात पनि बढाउनको लागि आग्रह गरे । सबै सुरक्षित हुने भनेको स्वास्थ्य सुरक्षानै भएको जिकिर गरे । उनले कोरोना भाइरस संक्रमण खाँडादेवीको कृपाले नलाग्ने विश्वास व्यक्त गरे ।

फेसबुक प्रतिक्रियाहरु