बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रामेछापसहित छिमेकी जिल्लाका नदीहरुमा पानीको सतह घट्बढहुन सक्ने, सचेत् रहन आग्रह
रामेछाप बिशेष

रामेछापसहित छिमेकी जिल्लाका नदीहरुमा पानीको सतह घट्बढहुन सक्ने, सचेत् रहन आग्रह

भदौ ०७

रामेछाप । आगामी ३ दिन प्रमुख र मझौला नदीमा बहाव सामान्य घटबढ हुने भएकाले सतर्कता अपनाउन बाढी पूर्वाअनुमान महाशाखाले अनुरोध गरेको छ । आज बिहान दैनिक मौसम बुलेटिन जारी गर्दै महाशाखाले पानीको बहाव सतर्कता तह भन्दा तलै हुने तर पानीको सतह भने घटबड भैराखने भएकाले सतर्कता अप्नाउन अनुरोध गरेको हो । महाशाखाले आगामी ३ दिन बाढीको जोखिम न्यून रहेको बुलेटिनमा उल्लेख गरिको छ ।

आज राती प्रदेश १, २, बागमती र गण्डकी प्रदेशको केही पहाडी जिल्लाहरूमा क्षणिक मध्ययम वर्षा भई स-सानानदीमा पानीको बहाव केही बढ्ने भएकाले सतर्कता अप्नाउन अनुसोध गरेको हो । तर पानीको सतहभने सतर्कता भन्दा तलै हुने जनाएको छ ।

विशेषगरि दोलखा, रामेछाप, सिन्धुली, बारा, पर्सा, रौतहट, काभ्रेपलाञ्चोक, काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, रसुवा,गोरखामा पानीको सतह घड्बढ हुने भएकाले सतर्कता अप्नाउन घनुसोध गरिएको छ ।file Photo

यी ठाउँमा उच्च जोखिम

Image

फेसबुक प्रतिक्रियाहरु