बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अनलाइन खबरका ९ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि
समाचार

अनलाइन खबरका ९ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि

भदौ ७ 
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेका बेला अनलाइन खबर डटकममा कार्यरत ९ जना पत्रकार संक्रमित भएका छन् ।
फोटो पत्रकारसहित डेस्कमा कार्यरत ९ जना पत्रकारलाई कोरोना पुष्टि भएको स्रोतले जनाएको छ । सुरुमा एक जनालाई कोरोना संक्रमण भएपछि उनको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिएको थियो ।
त्यस क्रममा ९ जनामा कोरोना पुष्टि भएको स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु