शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • रामेछापमा कोरोना संक्रमितका परिवारसहित ७९ जनाको रिपोर्ट नेगेटिभ : ६८ जनाको रिपोर्ट आउन बाँकि
रामेछाप बिशेष

रामेछापमा कोरोना संक्रमितका परिवारसहित ७९ जनाको रिपोर्ट नेगेटिभ : ६८ जनाको रिपोर्ट आउन बाँकि

भदौ ७

रामेछाप । मन्थली नगरपालिकाका ७९ जनामा कोरोना भाइरस संक्रमणको नभएको पुष्टि भएको छ । शनिबार साँझ आएको पीसीआर रिपोर्ट सबैको नेगेटिभ  देखिएको जिल्ला अस्पताल रामेछापका स्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।

गत साउन २९ गते मन्थली नगरपालिका स्वास्थ्य शाखाका एक कर्मचारीसहित २ जनामा कोरोना संक्रमण पुष्टि देखिएपछि जिल्लामा समुदाय स्तरमा कोरोना फैलिएको भन्दै जिल्ला बासि त्रसित भएका थिए । कोरोना पुष्टि भएपश्चात तत्काल उनको सम्पर्कमा आएका १३३ जनाको स्वाब संकलन गरि पठाइएकोमा ६ दिनपछि ७९ जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

सो रिपोर्ट संक्रमित व्यक्तिको परिवारका सदस्यसहितको भएको बताइएको छ । स्वास्थ्य कार्यालयका अनुसार अब विभिन्न समयमा गरी स्वाब पठाइएका ६८ जनाको कोरोना परीक्षण रिपोर्ट आउन बाँकि छ । अहिलेसम्म ९ सय १५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्लामा आइतबारसम्ममा ३३ जनालाई कोरोना पुष्टि भएको छ । भने ३१ जना निकोभएर घर फर्किसकेका छन् । अहिले मन्थली नगरपालिकाको आइसोलेशनमा २ जनाको उपचार भैरहेको छ ।

जिल्ला अस्पतालले विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार जिल्लाका आठ वटै स्थानीय तहमा गरि अहिले ३ जना महिला र २७ जना पुरुष गरि ३० जना क्वारेन्टिनमा रहेका छन् । १ सय ४ बेडको आइसोलेशन कक्ष र ५ सय बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु