बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • रामेछाप र सिन्धुलीको सिमा खैरेनीघाटमा अस्थायी शसस्त्र प्रहरी पोष्ट
रामेछाप बिशेष

रामेछाप र सिन्धुलीको सिमा खैरेनीघाटमा अस्थायी शसस्त्र प्रहरी पोष्ट

भदौ ०६,

रामेछाप । रामेछाप-सिन्धुली जोडने खैरेनीघाट नाकामा पुनः शसस्त्र प्रहरीको अस्थायी पोष्ट राखिने भएको छ । लकडाउन खुला भएसँग हटाइएको उक्त पोष्ट सुरक्षा व्यवस्था थप मजबुद्ध बनाउन पुनः राख्न लागिएको हो । सो ठाउँ रामेछापको मुख्य नाका अन्तर्गत पर्दछ ।

रामेछापको खाँडादेवी, सुनापती र दोरम्बा गाउँपालिकाले व्यवस्थापन गर्ने गरी यसअघि शसस्त्र प्रहरीको अस्थायी पोष्ट राखिएको थियो । तीन वटा गाउँपालिकाको आग्रहमा पुनः खैरेनीघाट नाकामा अस्थायी पोष्ट राख्ने तयारी अगाडि बढाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । जिल्ला सुरक्षा समितिको निर्णय मार्फत अस्थायी पोष्ट राख्न पाइने व्यवस्था रहेको छ ।

जिल्लामा निषेधाज्ञा जारी गरेको र राजधानी काठमाडौं लगायतका विभिन्न क्षेत्रबाट जिल्ला प्रवेश गर्ने खैरेनीनाकामा थप कडाई गर्नको लागि अस्थायी पोष्ट राख्नु पर्ने स्थानीयको माग गरेका छन् ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले जिल्ला भित्र्ने मुख्य नाका अन्तर्गत रहेको खैरेनीघाट नाकामा सुरक्षाकर्मी आवश्यकता रहेको बताए ।file Photo

फेसबुक प्रतिक्रियाहरु