शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रामेछापमा इन्टरनेट र टेलिफोन सेवामा समस्या
रामेछाप बिशेष

रामेछापमा इन्टरनेट र टेलिफोन सेवामा समस्या

भदौ ०६

रामेछाप । रामेछापमा नेपाल टेलिकमको इन्टरनेट्मा समस्या आएको छ । नेपाल टेलिकमको फाइबर सेवा अवरुद्ध हुँदा इन्टरनेट र टेलिफोन सेवामा समस्या आएको नेपाल टेलिकम रामेछापका प्रमुख विष्णु भण्डारीले जानकारी दिए । उनका अनुसार मन्थलीको लिपेखोलामा फाइबर चुडिदा जिल्लाभित्र नेपाल टेलिकमको इन्टरनेटमा समस्या भएको हो ।

अवरुद्ध फाइबर मर्मत गर्ने काम भइरहेकाले शनिबार बेलुकीसम्म सेवा सुचारु हुने उनले बताए । रामेछाप जिल्लामा हाल खाँडीचौर–मुडे–चरिकोट–तामाकोसी–खिम्ती–मन्थली हुँदै भालुखोप टावरमा जोडिएको फाइबरबाट सेवा प्रवाह हुँदै आएको छ ।

बिपी राजमार्गको खुर्कोट–मन्थली–भालुखोप जोडिएको फाइबर सेवा भने सञ्चालनमा आउन सकेको छैन् । चरिकोट हुँदै आएको फाइबरमा बारम्बार समस्या आउदा जिल्लावासीले समस्या झेल्दै आएका छन् ।file Photo

फेसबुक प्रतिक्रियाहरु