मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • ३१ हजार नाघ्यो कोरोना संक्रमितको संख्या : ६३४ जना आज थपिए
समाचार

३१ हजार नाघ्यो कोरोना संक्रमितको संख्या : ६३४ जना आज थपिए

भदौ ६,

काठमाडौं । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।

यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । आज देशभर १२ हजार ६ सय २१ जना संक्रिय संक्रमित रहेका छन्। १ सय ३६ जना शनिबार डिस्चार्ज भएका छन्।  स्वस्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १२ हजार १९ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा देशभर ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामामात्रै २१६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १६०, भक्तपुरमा ५० र ललितपुरमा छजना संक्रमित थपिएका हुन् ।

प्रवक्ता डा. गौतमले पछिल्लो २४ घन्टामा देशभरका विभिन्न अस्पतालबाट १३६ जना ‘डिस्चार्ज’ भएको जानकारी दिए । योसहित कोरोना निको हुनेको संख्या १८ हजार ३५० पुगेको छ ।

मन्त्रालयकाअनुसार हाल देशभर ‘क्वारेन्टिन’मा रहनेको संख्या ११ हजार ६५८ रहेको छ । ‘आइसोलेसन’मा १२ हजार ६२१ जना रहेका छन् ।file Photo

फेसबुक प्रतिक्रियाहरु