शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मन्थली नगरपालिकाले उच्च स्वास्थ्य सुरक्षाका मापदण्ड आप्नाउदै निरन्तर सेवा प्रवाह गर्ने
रामेछाप बिशेष

मन्थली नगरपालिकाले उच्च स्वास्थ्य सुरक्षाका मापदण्ड आप्नाउदै निरन्तर सेवा प्रवाह गर्ने

कोरोनाको रामेछापमा प्रभाव

भदौ ०२,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आफ्नो कार्यालयबाट प्रवाह हुने सेवाहरु निरन्तर रहने बताएको छ । मंगलबार नगरपालिकाले एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको प्रकोप जारि रहेपनि सुरक्षाका उपायहरु अपनाउदै सेवा निरन्तर रहने नगरले जनाएको हो ।

गत साउन २९ गते नगरका स्वास्थ्य शाखाका प्रमुखलाई नै कोरोना पुष्टि भए पश्चात् नगरको आफ्नो सेवामा केही प्रभाव परेको छ । सोही कुरालाई ध्यानमा राख्दै नगरले आज सूचना जरि गर्दै काम भने निरन्तर रहने जनाएको छ । नगरपालिकाले यसअघि अत्यावश्यक बाहेकका सेवाहरु सबै बन्द गरेको थियो । तर आज सूचनामार्फत सेवा निरन्तर दिने जनाएको हो । file Photo

Image may contain: text that says 'मन्थली नगरपालिका नगर कार्यपालिकाको कार्यालय मन्थली, रामेछाप संख्या: २०७६/०७७ Nepals जनशक्ति व्यवस्थापन तथा वडा समन्वय शाखा, श्री वडा कार्यालय(सवै) मन्थली नगरपालिका| मिति: /५/२ विषय काम काज सुचारू रहने सम्बन्थमा प्रस्तुत विषयमा कोभिड महामारीको प्रकोप नगरपालिकाको कार्यालयमा समेत देखिको एकजना कमचारीमा समेत पोजेटीभ देखिए अन्य सेवा अ्को व्यवस्था नभएसम्मक नगरपालिकाको सन्दर्भमा नगरपालिका अन्तर्गतका सबै वडा कार्यालयबाट दिदै आएको सेवालाई स्थगित सम्बन्धि तोकिएको मापदण्डको पालना गरी नियमित रुपमा सुचारु रहने व्यहोरा सम्बन्थित सबैमा जानकारीका अनुरोध छ, वोधार्थ: श्री जिल्ला प्रशासन कार्यालय मन्थली, रामेछाप। लिलाराज पौडेल प्रमुख प्रशासकीय अधिकृत प्रमुख प्रशासकिय अधिकृत सक्षम निजामतीप्र विकास, समृदृधि सुशासन" मन्थली, रामेछाप, फोन:-०४८-५४०५१२ ५४०५३२'

फेसबुक प्रतिक्रियाहरु