शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • रामेछाप प्रशासनद्वारा बजार अनुगमन : ठूलो परिमाणमा म्याद गुज्रेका सामाग्री बरामत्
रामेछाप बिशेष

रामेछाप प्रशासनद्वारा बजार अनुगमन : ठूलो परिमाणमा म्याद गुज्रेका सामाग्री बरामत्

बजार अनुगमन

भदौ ०२,

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले आज बजार अनुगमन गरि ठूलो परिमाणमा म्याद गुज्रेका सामाग्रीहरु बरामत जफत् गरेको छ । प्रशासनले मंगलबार मदरमुकाम मन्थलीस्थित बजारमा जिल्ला प्रशानसन कार्यालय, घरेलु तथा साना उध्योग , जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकारहरुको रोहबरमा खटिएको टोलिले बजारबाट ठूलो परिमाणमा म्याद नाघेका अखाद्य वस्तु बरामत गरेको हो ।  जिल्लामा कोरोना भाइरस संक्रमणले प्रभाव पारेको बेलामा ब्यवसायीहरुले कालो बजारी गरेको पाईएकाले बजार अनुगमनलाई तिवृ पारेको प्रशासनले जनाएको छ ।

प्रशासनले बिहानी तरकारी तथा फलफूल पसलबाट ४ दर्जन कुहिएको केरा बतामत गरेको छ । त्यस्तै वि.पी स्टोर्स एण्ड सप्लायर्सबाट ४ प्याकेट बिस्कुट म्याद नाघेको बरामत गरेको छ ।

त्यस्तै उः नम बुद्ध फलफूल तथा तरकारी पसलबाट ठूलो बिस्कुट ७ प्याकेट म्याद गाघेको जफत गरिएको छ ।

त्यस्तै एस.के.एस किराना पसल एण्ड सप्लायर्सबाट २ बटा वियर, २२ वटा फ्यान्टा, कोक ४ बटा स्प्राइट ६ वटा, मिनिरल वाटर १ वटा म्याद नाघेको बरामत गरिएको छ ।

आर.डी किराना पसलबाट चिजबल २९ प्याकेट र ट्याङ जुस् २० वटा म्याद नाघेको बरामत गरिएको छ ।

त्यस्तै भुमिका किराना पसलबाट म्याद नाघेको बिस्कुट ४ प्याकेट, मैदा ४ के.जि, र तास २ प्याकेट बरामत गरिएको छ ।

शिव स्टोर एण्ड सप्लायर्सबाट म्याद नाघेको अमरदीप तेल १/२ लि.को १० वटा, चिकेन सुप १५ प्याकेट बरामत गरिएको छ ।

न्यू जनरल सफल स्टोर्सबाट म्याद नाघेको चाउचाउ ६ प्याकेट् लिची जुस ६ वटा, छुर्पी ६ के.जी बतामत गरिएको छ ।

किराना फलफूल पसलबाट म्याद नाघेको लेमन जुस ७ वटा, मुराइ/भुजा ७ प्याकेट बरामतगरिएको छ ।

सन्तोष किराना पसलबाट म्याद नाघेको कुकिज बिस्कुट १२ प्याकेट र विस्कुट २४ प्याकेट बरामत गरिएको छ ।

त्यस्तै दिपज्योति हार्डवयर एण्ड सप्लायर्स  बाट कलर रेड् वक्साइड् १७ वाट, पशुपति पेन्स् १.७ को ७ वटा, जिम्यास् ५ के.जी, पशुपति पेन्स् १.३ को ३ वटा नेपोलोकलर १ वटा बरामत गरिएको छ ।

त्यस्तै राजकुमार वेकरी उद्योगबाट चिप्स १० वटा मोटोरोल २ प्याकेट र बेड २ पिस बरामत गरिएको छ ।

सरिता किराना तथा फलफूल पसलबाट म्याद नाघेको बिस्कुट २ प्यकेट, नम्किन ८ प्याकेट, दालमोट १ प्याकेट, चिजवल २ प्याकेट, चकलेट १ बट्टा बरामत गरिएको हो ।

त्यस्तै एन एण्ड एस स्टोर्सबाट नन्दन तेल ८ लिटर बरामत गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु