बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • रामेछापमा एक हजार पनि पुगेको छैन कोरोना परीक्षणको दर : ५६ जनाको स्वाब संकलन
रामेछाप बिशेष

रामेछापमा एक हजार पनि पुगेको छैन कोरोना परीक्षणको दर : ५६ जनाको स्वाब संकलन

कोरोना

साउन २२,

रामेछाप । रामेछाप जिल्लामा बिहिबारसम्मा ८९२ जनाको मात्रै पीसिआर परीक्षण गरिएको छ । जसमा १८५ जना महिला र ७०७ जना पुरुष रहेका छन् । हालसम्ममा पनि रामेछापमा एक हजार जनाको पीसिआर परीक्षणबाट कोरोनाको परीक्षण भएको छैन् ।  त्यस्तै ५६ जनाको स्वाब संकलन गरि थप परीक्षणका लागि काठमाडौं पठाइएको र रिपोर्ट आउन बाँकी रहेको जिल्ला अस्पताल रामेछापले विज्ञप्ति मार्फत जनाकारी दिएको छ । हालसम्ममा जिल्लामा २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । भने ५७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्लाका छवटा पालिका तथा दुई नगरपालिकामा गरि बिहिबारसम्ममा ५०९ बेडको क्वरेन्टिन तयार पारिएको जनाइएको छ । क्वारेन्टिनमा १० महिलासहित ७५ जना मानिसहरु बसेका छन् । त्यस्तै १२७ वेड्को आइसोलेसन तयारी अवस्थामा राखिएको छ ।

आइसोलेसनमा ५ जना बसेका छन् । भने ६५० जनाको बिहिबारसम्ममा स्वाब संकलन गरिएको छ ।file Photo

No description available.

फेसबुक प्रतिक्रियाहरु