शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • रामेछापमा विश्व युवा दिवसमा रक्तादान् र निबन्ध लेखन प्रतियोगिता कार्यक्रम हुने
रामेछाप बिशेष

रामेछापमा विश्व युवा दिवसमा रक्तादान् र निबन्ध लेखन प्रतियोगिता कार्यक्रम हुने

विश्व युवा दिवस

साउन २२,

रामेछाप । रामेछापमा विश्व युवा दिवशको अवसरमा रक्तादान् कार्यक्रम गरि मनाईने भएको छ । मन्थली नगर युवा सञ्जालले दिवसको अवसरमा रक्तदान तथा निबन्ध लेखन प्रतियोगिताको आयोजना गरको आयोजकले जानकारी दिएको छ । राष्ट्रिय युवा संघले पनि यो वर्षको युवा दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने तयारी गरेको बताएको छ ।

बुधबार मन्थलीमा नगर युवा सञ्जालको एक बैठकले आगामी साउन २७ गते नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापसंग समन्वय गरि रक्तदान कार्यक्रमको आयोजना गरिएको सञ्जालका अध्यक्ष पुष्कर भट्टाराईले जानकारी दिए ।

उनका अनुसार रक्तदान कार्यक्रम वातावरण संरक्षण परियोजना रामेछापको सहयोगमा, मन्थली नगर युवा सञ्जालले आयोजना गर्ने छ ।

यस्तै युवा दिवसका अवसरमा वातावरण संरक्षण परियोजनाको कार्यक्षेत्र मन्थली नगरपालिका वडा नं. १ देखि ६ नम्बर सम्म गठन भएका युवा क्लब सहभागी हुने गरि निबन्ध लेखन प्रतियोगिता आयोजना गरिने अध्यक्ष भट्टाराईले बताए ।file Photo

फेसबुक प्रतिक्रियाहरु