शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बिश्वो हिन्दु महासंघका उपाध्यक्ष ज्योत्सना साउदद्वारा बिरामीलाई आर्थिक सहयोग
आर्थिक

बिश्वो हिन्दु महासंघका उपाध्यक्ष ज्योत्सना साउदद्वारा बिरामीलाई आर्थिक सहयोग

काठमाडौं । विश्व हिन्दू महासंघका उपाध्यक्ष ज्योत्सना साउदले बैतडीका महेशप्रसाद अवस्थीलाई आर्थिक सहयोग गरेकी छन् । उनले अवस्थीका नाबालक छोरा शिवांशको उपचारका लागि ५५ हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

रुडुक नेपालकी महासचिव साउदले नाबालक छोराको कलेजो प्रत्यारोपणपछि उपचारमा सहयोग होस् भनेर अवस्थीलाई आर्थिक सहयोग गरेको बताइन् । उनले अवस्थीलाई ललितपुरको भैंसेपाटीस्थित निवासमै बोलाएर बिहीबार आर्थिक सहयोग गरेकी हुन् ।

बैतडीमा रेडियो सञ्चालन गर्दै आएका अवस्थीले नावालक छोराको कलेजो भारतको चेन्नेईस्थित एक अस्पतालमा गराएका छन् । २०७६ असोजमा शल्यक्रियामार्फत् जन्मिएका अवस्थीका छोरा केही सातापछि अस्वस्थ भएका थिए ।

काठमाडौंको कान्ति बाल अस्पतालमा उपचार सम्भव नभएपछि उनले छोरालाई उपचारका लागि चेन्नेई लगेका थिए । चेन्नेईमा उनले आर्थिक संकलन गरेर छोराको कलेजो प्रत्यारोपण गराएका थिए ।

 

पुर्व मन्त्री एबम नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य युवा नेता एन.पी. साउद , नेपाल दलित बिध्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार , महिला संघकी केन्द्रीय सदस्य र धार्मिक तथा आध्यात्मिक सद्भावना दुत रेखा अर्यालको समेत  उपस्थितिमा रहेको थियो /

फेसबुक प्रतिक्रियाहरु