शुक्रबार, चैत्र १६, २०८०
समाचार

प्रहरीका आँखा जुस पसलमा

जुनेली न्युज,
काठमाडौं । लकडाउनलाई व्यवस्थित गर्दै सरकारले पछिल्लो समयमा केही व्यवसाय खोल्ने निर्णय गरेपनि अझै प्रहरी प्रशासनले व्यवसायीलाई दुःख दिने गरेको छ ।
प्रहरीले ठाउँ अनुसार किनारा तथा अन्य पसललाई खोल्न फरक फरक समय दिएको छ । मुख्य बजारमा भने छिटै बन्द गर्नुपर्ने छ भने भित्र गल्लीतिर भने केही समय ढिलो बन्द गर्ने गराइएको छ । बिहानमात्र यस प्रकारका व्यवसाय सञ्चालन गर्न दिइएको छ । मित्रपार्कमा रहेको दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरमा रहेको दीर्घायु फलफुल तथा जुस पसललाई आज प्रहरीले कडा चेतावनीसहित धम्क्याएको छ ।
प्रहरीले दिनभर जुस पसल नखोल्न र पसल खोले जे पनि हुने चेतावनी दिएपछि सञ्चालक दिपेन्द्र सुबेदीले गुनासो गरेका छन् । सरकारले यस्तो व्यवसाय खोल्न भने पनि प्रहरीको व्यवहार र धम्की डरलाग्दो भएको उनको भनाई छ । सरकारले केही अघि भने ठुला महल र व्यापारिक कम्प्लेक्स खुलाएर आलोचना खेपेको थियो । ६७ दिनदेखि लकडाउन हुँदा अहिले साना व्यवसायीहरु संकटमा परेका छन् ।

फेसबुक प्रतिक्रियाहरु