बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • आजकै दिन थियो सगरमाथाको शिखरमा खुकुरी र झण्डा पुगेको -बिजय घिमिरे बिश्वोकर्मा
समाचार

आजकै दिन थियो सगरमाथाको शिखरमा खुकुरी र झण्डा पुगेको -बिजय घिमिरे बिश्वोकर्मा

सगरमाथा चढ्ने नेपालको पहिलो दलित, जसले २०७४ साल जेठ ८ गते बिहान ५ बजेर ५ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला राखेका थिए

जेठ ८,

काठमाडौं ।    निक्कै लामो कसरत पछि नेपाली दलित समुदायबाट विजय घिमिरे विश्वकर्माले  ३ बर्ष अगाडी सगरमाथामा पाइला टेक्न सफल भएका थिए  । सगरमाथा चढ्ने नेपालको पहिलो दलित, जसले २०७४ साल जेठ ८ गते बिहान ५ बजेर ५ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला राखेका थिए  । र  आज ३ बर्ष पुगेको उपलक्षमा कोरोना भाइरसको कारण लक डाउनले गर्दा केहि कार्यक्रम गर्न नसकेको घिमिरेले जुनेली न्युजलाई बताए |

सोलुखुम्बु भनेकै हिमाली जिल्ला । जसलाई विश्वले हिमालको काख पनि भन्ने गर्छ । जहाँका बासिन्दा हिउँमा खेलेर हुर्किन्छन्, हिउँ नै उनीहरुका लागि पर्याय पनि हो ।

No description available.

सोलुमा धेरै व्यक्ति हिउँमा खेलेर हुर्किएका छन् । त्यही जिल्लाको काखमा जन्मिए विजय घिमिरे विश्वकर्मा । त्यही हुर्किए, हिउँमै रमाए । हिउँमै चिप्लिँदै कयौ पटक लडे, कयौ पटक हिउँको चिसोमा परे । सबै कुरा पार गरेर उनी विश्वको सर्वाेच्च शिखर सगरमाथामा पाइला राख्न सफल भएर दलित समुदायको पहिलो सगरमाथा आरोही बन्न सफल भएका थिए | आज बिजय घिमिरे बिश्वोकर्मा सगरमाथा चढेको ३ वर्ष भएको छ |

विश्वको सबैभन्दा अग्लो भएकाले पनि सबै जना सगरमाथा चढ्न मरिहत्ते गर्छन् । प्रयास पनि गर्छन् । कति जनाले आफ्नो प्रयासलाई सार्थक बनाउँछन् । कति त प्रयास गर्दा गर्दै पनि थाकेर हिउँसँगै बिलाउँछन् ।

रहर सबैका हुन्छन् । सबैका रहर पूरा हुँदैनन् । हरेक मानिस अधूरो र अपूरो रहर बोकेर बाँचेका हुन्छन् । विजय घिमिरेले यसरी आफ्नो रहर पूरा गरे, उनले कसरी आफ्नो मनको रहर पूरा गरे भनेर सबैले त्यति सजिलो पनि बुझ्दैनन् र बुझ्ने प्रयास पनि गर्दैनन् ।

सगरमाथा चढ्न सजिलो छैन । ज्यानको जोखिम छ । सबै परिवार माया मारेर जाने हो । कसैको माया गर्ने हो भने चढ्ने सम्भावना नै छैन । सगरमाथा चढ्न रहरले मात्रै हुँदैन । साहस चाहिन्छ । ३ बर्ष अगाडी विजय घिमिरे विश्वकर्माले सगरमाथा चढ्ने साहस बटुले  र सगरमाथा चढेर सिंगो नेपाली समुदाय बिशेष गरि दलित समुदाएको शीर उच्च बनाई दिए ।

No description available.

दलित समुदायबाट निर्मित राष्ट्रिय खुकुरी सगरमाथाको टुप्पोमा पुर्याएका थिए :

सगरमाथा चढ्नेहरुले केही न केही लैजाने गर्छन् । नाम राख्नैका लागि पनि कुनै न कुनै नयाँ काम गर्ने गर्छन् । तर, विजयले आफ्नै समुदायको पौरख नेपालको राष्ट्रिय हतियार खुकुरी र नेपालको झण्डालाई सगरमाथाको टुप्पोमा पुर्याएका थिए   ।

वीर गोर्खालीको पहिचान भनेको खुकुरी हो । जसले बिश्वो युद्धमा यही खुरुरीले कालापानी लिपुलेकमा बल भद्र कुवर , भक्ति थापाहरुले  दुस्मानहरुलाई पराजित गरेको इतिहास पनि छ | जसको निर्माता भनेका नै दलित समुदाय हुन् । दलित समुदायभित्रका पनि विश्वकर्माले फलामको काम गर्छन् ।

विजय र उनका सन्तानले फलामको काम गर्दैनन् । तर उनलाई खुकुरीको माया छ । त्यही भएर पनि उनले विश्वको सर्वाेच्च शिखर सथरमाथामा खुकुरी पु¥याएर वीर गोर्खाली र दलित समुदायका नाम राख्न सफल भएका छन् ।

उनी विदेशी पर्यटकको भरिया बनेर सगरमाथाको शीरमा पुग्न सफल भए । उनले अहिलेसम्म ६ हजारसम्मका ५ वटा हिमाल चढिसकेको छन् । उनी सुरुदेखि नै भरिया बनेर हिमाल चढेका थिए । जसले उनलाई सगरमाथासम्म पुग्न मद्यत ग¥यो ।

No description available.

 

यसरी चढेका थिए सगरमाथा

दुधकुण्ड नगरपालिका –७ भित्ताखर्च, साविकको गार्मा गाविस –९ मा जन्मिएका विजय निम्न वर्गीय परिवारका सदस्य हुन् । उनका परिवारका सबैले ८ सम्म मात्रै पढेका छन् । त्योभन्दा अघि कसैले पढ्न सकेनन् । पढाईमा कसैले ध्यान पनि नदिएनन् ।

उनका बुवा किसान । तर, विजय चाँही १० वर्षदेखि पर्यटन क्षेत्रमा लागेका छन् । उनले पर्यटन व्यवसाय विदेशीको भारी बोकेर सुरु गरेका थिए । कुक हेल्फर भएर झण्डै ५ वर्ष काम गरे । ४ वर्ष सगरमाथाको बेस क्याम्पमा काम गर्ने मौका पाएका थिए । त्यहीबाट नै सगरमाथा चढ्ने रहर जाग्यो ।

जुन त्यसबेलासम्म दलितले सगरमाथा चढेका थिएनन् । आफ्नो समुदायका मान्छेले सगरमाथा चढ्न नसक्दा उनलाई दुःख लाग्थ्यो । त्यही भएर उनले ०७० देखि सगरमाथा चढ्ने तालिम लिए ।

तालिमपछि सगरमाथा चढ्ने आस पलायो । त्यही बेला ‘देशको गौरव मुलुकको सान, दलितहरुको सगरमाथा आरोहणको महान अभियान’ भन्ने नारा बनाए । त्यही बेला काठमाडौंमा पनि प्रथम दलित सगरमाथा आरोहण भनेर अभियान सुरु गरिएको थियो । तर, त्यो अभियान सफल हुन सकेन ।

सगरमाथा चढ्न कम्तिमा पनि २० लाख चाहिन्थ्यो । बल्लबल्ल हाइ अल्चिच्युट कम्पनीका किली शेर्पाले सहयोग गर्ने प्रतिवद्धता जनाए । २०७२ को कुरा हो यो । त्यो बेला उनी सगरमाथा चढ्न बेस क्याम्प पुगेका थिए । तर, भुकम्प गयो । भुकम्पमा परी बेस क्याम्पमै २२ जनाको मृत्यु भयो । ६५ जना घाइते भए । देश रुवावासीमा परेका कारण उनको यात्रामा पूर्ण विराम लाग्यो । त्यो वर्ष कसैले आरोहण गरेनन् ।

त्यसपछि १ वर्ष त सगरमाथा आरोहण नै रोकियो । उनले फेरि ०७४ मा प्रयास गरे । उनलाई सगरमाथा चढ्न ट्रयाक नेपाल, एसपिडीसन ट्रेकका डाइरेक्टर सागर पौडेलले खर्च बेहोरे । आवश्यक पर्ने कपडा, जुत्ता आदी हिमालमा चाहिने जति सामाग्री उनी आफैंले किने ।

निक्कै लामो कसरतपछि नेपाली दलित समुदायबाट विजय घिमिरे विश्वकर्माले सगरमाथामा पाइला टेक्न सफल भएका थिए  । सगरमाथा चढ्ने नेपालको पहिलो दलित, जसले यही जेठ ८ गते बिहान ५ बजेर ५ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला राखेका थिए  ।

No description available.

 

फेसबुक प्रतिक्रियाहरु