शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • नेपाल दलित संघ र नेपाल दलित विद्यार्थी संघको संयुक्त आयोजनामा राहत वितरण अभियान अझै जारी
समाचार

नेपाल दलित संघ र नेपाल दलित विद्यार्थी संघको संयुक्त आयोजनामा राहत वितरण अभियान अझै जारी

जुनेली न्युज,
काठमाडौँ |   विभिन्न दाताहरुको सहयोग र नेपाल दलित संघ केन्द्रीय समिति र नेपाल दलित विद्यार्थी संघ केन्द्रीय समितिको संयुक्त आयोजनामा बाहिर जिल्लाबाट काठमाण्डौंमा अध्ययन गर्न आएका दलित विद्यार्थीहरूलाई र दलित समुदाय साथै अन्य मजदुर तथा विपन्नहरु परिवारलाई राहत वितरण गरेको छ ।
हाल सम्म १२०० बोरा चालम सहित नुन, तेल, दालको प्याकेज गरि २,२०० परिवारलाई राहात वितरण गरि सकेको छ | राहत वितरण कार्यक्रम अहिले नै नसकिएको अझै परिस्थिति अनुसार निरन्तरता दिने नेपाल दलित बुधार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनारले बताए |
विशेष भूमिका: माननीय मीन विश्वकर्मा ज्यू, आदरणीय दीपक सोनी ज्यू, आदरणीय शेरब बहादुर तामाङ ज्यू, सुवास बराईली ज्यू र सहयोगी अरु सम्पूर्णलाई नेपाल दलित बिधार्थी संघका अध्यक्ष राजु सुनारले हार्दिक धन्यवाद व्यक्त गरेका छ |। “समाज सेवा त राष्ट्र सेवा” जय नेपाल ! जय मानव !!!

फेसबुक प्रतिक्रियाहरु