मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • नेकपा एमालेका नेपाल समूहको स्थायी कमिटी बैठक जारी
समाचार

नेकपा एमालेका नेपाल समूहको स्थायी कमिटी बैठक जारी

जुनेली न्यूज, काठमाडौं । वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ।

एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे छलफल गर्न बैठक शुरु भएको बताइएको छ । गएको २७ जेठमा दोस्रो तहका दश नेताले दश बुँदे सहमति गरेपनि एमालेको एकता कायम हुन सकेको छैन ।

उता अध्यक्ष केपी शर्मा ओलीतर्फको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार तीन बजे बैठक बोलाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु