मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • महाकाली नदीको घटनामा एसएसबीको भूमिकाबारे रास्ट्रियसभामा गृहमन्त्री खाँन मौन
Breaking News

महाकाली नदीको घटनामा एसएसबीको भूमिकाबारे रास्ट्रियसभामा गृहमन्त्री खाँन मौन

जुनेली न्यूज, काठमाण्डौ | रास्ट्रियसभा  सोमबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तुइन तर्ने क्रममा ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेको घटनाप्रति सरकार गम्भीर रहेको बताएका छन् | सरकारले तुइन तर्ने क्रममा महाकाली नदीमा नेपाली नागरिक खसेको घटनाबारे राष्ट्रियसभालाई जानकारी गराएको छ । तर भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नताबारे सरकार मौन बसेको छ ।

यस घटनाबारे छानविन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा टोली बनाएको भन्दै उनले भने, ‘आज धनगढीतर्फ गइसकेको छ । आवश्यक पर्‍यो भने हेलिकप्टरमार्फत पनि घटनास्थलसम्म पुर्‍याउँछौं ।’यसअघि नै जिल्लाबाट गएको टोलीले जयसिंहभन्दा अगाडि तुइन गरेर पारी पुग्नेहरुसँग सोधपुछ गरेको र वारी रहेकाहरुलाई सदरमुकाम बोलाइएको उनले बताए । तर खाँनले प्रत्यक्षदर्शीहरुले भने जस्तो भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको तार काटेको/फुकाएको विषयमा केही  बोलेनन् ।

सांसदहरुले एसएसबीले तुइन काटेकै कारण जयसिंह नदीमा खसेको भनेर प्रत्यक्षदर्शीहरुले भनिसक्दा पनि सरकार किन मौन बसेको भनेर प्रश्न उठेका छन् ।

जवाफका क्रममा खाँणले भने आम नागरिक र सांसदहरुको धारणालाई सरकारले गम्भीर रुपमा लिएको बताए । तर आफैंले छानविनका लागि समिति बनाएकाले त्यसलाई प्रभावित हुने गरी राय दिन नमिल्ने बताए ।

उनले अघि भने, ‘प्रतिवेदन आएपछि त्यसमा उल्लेख भएका विषय कार्यान्वयनका लागि जुन सुकै अडान लिन सरकार प्रतिवद्ध छ । तर हामी आफैंले छानविन प्रभावित पार्ने गरी कुनै पनि राय दिन मिलेन | ‘

फेसबुक प्रतिक्रियाहरु