बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • रौतहटमा वि. व्य.स को अध्यक्ष चयन गर्ने विषयमा दुई समूह बीच झडप, १३ जना घाइते
Breaking News

रौतहटमा वि. व्य.स को अध्यक्ष चयन गर्ने विषयमा दुई समूह बीच झडप, १३ जना घाइते

जुनेली न्यूज, काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका-४ विष्णुपुरमा रहेको श्री माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष चयन गर्ने विषयमा दुई समूह बीच आइतबार झडप भएको छ। झडपमा दुई समूहका गरी १३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण भगत मालीको निधन भएपछि विद्यालयमा नयाँ अध्यक्ष चयन गर्न भेलाको तयारी भएको थियो ।विद्यालयका प्रधानाध्यापक राजेश यादव र पूर्वअध्यक्ष देवनारायणका नाति पारस भण्डारीको समूहले आफ्नो पक्षको अध्यक्ष हुनु पर्ने र माधवनारायण-४ का वडाअध्यक्ष रामदेनी मुखियाले पनि आफ्नो समूहबाट अध्यक्षको तयारी गरेपछि दुई समूह बीच झडप भएको हो ।

विद्यालयको अध्यक्ष बन्न विद्यालयमा अध्ययरनत विद्यार्थीका अभिभावक मात्रै हुन पाउने प्रावधान रहेकोले वडाध्यक्ष मुखियाका छोरा रामतलेवर मुखिया आइतबार बच्चा भर्ना गराउन विद्यालय पुगेका थिए । विद्यार्थी भर्नाको सम्बन्धमा कुरा नमिलेपछि विवाद शुरु भएको बताइएको छ ।

बाँसका भाटासहित दुई पक्ष झडपमा उत्रिएपछि १३ जना घाइते भएका हुन् । घटनामा संलग्न दुवै पक्षका एक/एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी शिद्धिविक्रम शाहले बताए । “विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन हुनुपर्ने निहुँमा झडप भएको हो । घटनामा संलग्न रामकलेवर मुखिया र दिलीप कुमार भण्डारीलाई नियन्त्रण लिएका छौं” एसपी शाहले भने, “घटनाका विषयमा कुनै पक्षबाट जाहेरी आएको छैन । थप संलग्नहरुको खोजी भैरहेको एसपी शाहले बताएका छन्

फेसबुक प्रतिक्रियाहरु